
दाङ, ९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधि कचिली फुटबल टिम ‘ए’ ले जितेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा कपडादेवी फुटबल टिमलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै कचिली ‘ए’ ले उपाधि जितेको हो ।
उपाधिसंगै उसले नगद नगद ५५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्न सफल भएको छ । फाईनलमा सम्माजनक हार ब्यहोरेको कपडादेवी उपबिजेतामा सिमित रहदै नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
त्यस्तै प्रतियोगिताको तृतीय स्थान हासिल गरेको टरिगाँउ फुटबल टिमले नगद १५ हजार,कप,मेडल,प्रमाणपत्रमा हात पारेको छ । ५ दिनसम्म संचालित प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फ सर्बोत्कृष्ट खेलाडी कचिली ‘ए’का मनराज बुढामगर, सर्वाधिक गोलकर्ता कचिली ‘ए’ का सुवास बुढामगर र उत्कृष्ट गोल रक्षक कचिली ‘ए’ कै नारायण बुढाथोकी भएको आयोजक वडा न १२ का उज्ज्वल बस्नेतले जानकारी दिनुभयो ।
उत्कृष्ट तीनै जनालाई ट्रफी प्रदान गरिएको छ । प्रतियोगिताको पुरस्कार बितरण तथा समापन समारोह तुलसीपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष खुसिराम चौधरिको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरिको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रमको संचालन वडा सचिव गणेश कुमार आचार्यले गर्नु भएको हो ।