२०८३ जेष्ठ २४ गते आइतवार

आजको मौसम सफा हुने


दाङ, १ पुस । आज दाङ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यतिबेला दाङमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ । महाशाखाका अनुसार राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिममा मौसम आंशिक बदली हुनेछ ।

पछिल्लो समय चिसो बढ्दै गएको छ । दिउँसोको तुलनामा साँझ र बिहान सबैभन्दा बढी चिसोको महशुस गर्ने गरिएको छ ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस