२०८१ फाल्गुन ७ गते बुधवार

जन्ती ढुङ्गा संरक्षणमा स्थानीय सरकारको चासो


दाङ, २७ मंसिर । तुलसिपुर उपमहानगरपालिका–१३ मा रहेको जन्ती ढुङ्गा संरक्षणमा स्थानीय सरकारको चासो बढेको छ । पौराणिक कालमा जन्ती जानेक्रममा सोही ठाँउमा पुगेको समयमा रात परेको र सोही ठाँउमा अर्को दिन ती जन्ती ढुङ्गाका रुपमा प्रतीक रहेको जनश्रुति रहेको छ ।

करिब एक बिगाह क्षेत्रफलमा जोडिएर हजारौं ढुङ्गा छन् । तुलसिपुर उपमहानगरपालिका–१३ ले जन्ती ढुङ्गा क्षेत्र संरक्षणमा चारैतिर तारवार गरिएको वडाध्यक्ष मोहन पौडेलले बताउनुभयो । उहाँले संरक्षणका लागि यस वर्ष बजेटको व्यवस्थापन गरिएको बताउनुभयो ।

वडा न १४ वडाध्यक्ष शंकर खड्काले जन्ती ढुङ्गा क्षेत्रमा खानेपानी,विद्युत विस्तार सुरु गरिएको बताउनुभयो । तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले मानव उत्पतिकाक्रममा मानव कङ्काल फेला परेको तुही उपत्यकाभित्र पर्ने जन्ती ढुङ्गाको संरक्षणमा विस्तृत विवरण प्रतिवेदन डिपिआर अनुसार बजेट व्यवस्थापन गरिने बताउनुभयो ।

उहाँले यस क्षेत्रको बाघ ढुङ्गा, हात्ती ढुङ्गा र जन्ती ढुङ्गाको संरक्षण गरी यस क्षेत्रकै पर्यापर्यटनको केन्द्रकारुपमा विकास गरिने बताउनुभयो ।

जन्ती ढुङ्गा संरक्षण समितिका अध्यक्ष हुमबहादुर नेपालीले संरक्षणका लागि विगतदेखि नै प्रचार प्रसार गर्दै आएको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस