![](https://ekapinews.com/wp-content/uploads/2024/08/pani-pareko-barsa-mausam-2000x985.jpg)
दाङ, २३ मंसिर । आज साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारण बदलीको सम्भावना रहेको छ । आज साँझदेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
यसैबिच दाङसहित देशभर जाडो बढ्दै गएको छ । पश्चिमी वायुसँगै तापक्रममा गिरावट आएपछि चिसोको प्रभाव थप बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान र बेलुकाको समयमा चिसो अत्यधिक महसुस हुने हुँदा जनजीवन प्रभावित भएको छ ।