२०८१ माघ १ गते मङ्गलवार

आज २०८१ साल मंसिर २३ गते आइतबारको राशिफल

आज २०८१ साल मंसिर २३ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर ८ तारिख। मार्गशीर्ष शुक्ल पक्षको सप्तमी उपरान्त अष्टमी तिथि। रवि सप्तमी व्रत, गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पारेको आजको फलादेश :

मेष राशि:
आज परिवारसँग समय बिताउँदा लाभ मिल्नेछ। नकारात्मक विचारबाट बचेर कार्य गर्नुहोस्। दाम्पत्य जीवनमा केही प्रभाव पर्न सक्छ। अल्छिपनाका कारण कार्यमा बाधा आउन सक्छ। राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। सामाजिक कार्य गर्ने अवसर मिल्नेछ।

वृष राशि:
प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम र नाम दुवै कमाउने अवसर मिल्नेछ। आर्थिक पक्ष सुदृढ हुने भएकाले मन हर्षित हुनेछ। पुराना मित्रसँगको भेटघाटले मनमा खुसी छाउनेछ।

मिथुन राशि:
शिक्षा क्षेत्रमा प्रगति हुनेछ। महत्वपूर्ण कार्यको जिम्मेवारी प्राप्त हुनेछ। वाणीमा मिठास बढ्नेछ। व्यवसायमा लाभ हुनेछ। आफू अनुकूल समय रहनाले कार्य सम्पादनमा सहजता हुनेछ। स्वास्थ्य भने सामान्य रहनेछ।

कर्कट राशि:
आर्थिक कारोबार गर्दा ध्यान दिनुहोस्। दिन सामान्य रहनेछ। व्यवसायिक सफलता मध्यम रहला। यात्रा गर्दा सतर्क रहनुहोस्। मनमा अनेकन कुरा खेल्नाले चिन्ता बढ्नेछ। शेयर बजारमा ठूलो लगानी नगर्नु नै शुभ हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ।

सिंह राशि:
कार्य क्षेत्रमा जिम्मेवारी वहन गर्नुपर्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मान–सम्मान बढ्नेछ। बोल्दा अलिकति विचार गर्नुपर्छ। जग्गा–जमिन कारोबारमा सफलता मिल्नेछ। शेयर बजारको लागि पनि आजको दिन शुभ रहनेछ।

कन्या राशि:
रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। जागिरमा केही शुभ समाचार प्राप्त हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीका लागि आजको दिन शुभ रहनेछ।

तुला राशि:
आज पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुनेछ। चिताएका कार्यहरू तीव्र रूपमा अघि बढ्नेछन्। मांगलिक कार्यमा सरिक हुने अवसर मिल्नेछ। दाम, नाम, प्रतिष्ठा कमाउने बेला आएको छ। नजिकका आफन्तसँग भेटघाटमा समय बित्नेछ। सामाजिक सञ्जालमा बोल्दा ध्यान दिनुहोस्। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ।

वृश्चिक राशि:
आज नयाँ लगानी थप गर्न उपयुक्त समय छैन। कार्य सुरु गर्दा सोचविचार गरेर गर्नुपर्छ। कानुनी कार्यमा सफलता मिल्नेछ। मनलाई धैर्य राखेर काम गरे उत्तम हुनेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यले गति लिनेछन्। सामाजिक गतिविधिमा सहभागिता हुनेछ। स्वास्थ्यमा विशेष ख्याल राख्नुहोस्।

धनु राशि:
रिसलाई नियन्त्रण गर्न नसक्दा कार्य बिग्रन सक्छ, ध्यान दिनुहोस्। अग्रजको सल्लाहमा गरिएको कार्यले सफलता प्राप्त हुनेछ। साझेदारीमा गरिएका कार्यले सार्थकता पाउनेछन्। परिवारलाई समय दिनु उत्तम हुनेछ। आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी हुनेछ। दीर्घकालीन योजनाले सार्थकता पाउनेछ। मनोरञ्जनमा दिन बित्नेछ।

मकर राशि:
आर्थिक क्षेत्रमा सुधार हुनेछ। परिश्रमअनुसार लाभ प्राप्त हुनेछ। व्यवसायले विस्तारै फड्को मार्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। कृषि क्षेत्र पनि सबल हुनेछ। राजनीतिक गतिविधिमा सहभागिता हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। विद्यार्थीका लागि आज शुभ दिन हुनेछ।

कुम्भ राशि:
आज उत्साहपूर्ण दिन हुनेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ। प्रतिस्पर्धामा जित हासिल हुनेछ। पारिवारिक हर्ष बढ्नेछ। सोचेजस्तै कार्य हुँदै जानाले मन खुसी हुनेछ। जागिरमा स्थानान्तरणको सम्भावना छ। विद्यार्थीका लागि आज शुभ हुनेछ। निर्णय गर्दा विशेष ध्यान दिनुहोस्।

मीन राशि:
मित्रहरूको सहयोगले आर्थिक तथा सामाजिक पक्ष बलियो हुनेछ। आफन्तसँग मनमुटाव हुन सक्छ, बोल्दा विचार गर्नुहोस्। सही समयमा सही निर्णय लिन सकिनेछ। हिम्मतले कार्य गर्दा सफलता हात लाग्नेछ। परोपकारमा समय बित्नेछ। मान, प्रतिष्ठा, तथा पदवी प्राप्त हुने दिन रहेको छ। तपाईँको क्षमताको कदर हुनेछ। लगनशील भएर कार्य गर्दा नाफामुखी हुनेछ।

ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र: तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
फोन नं.: 9848060799

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस