२०८१ फाल्गुन ७ गते बुधवार

साना किसान कृषि सहकारी संस्थामा केन्द्रीय टिमद्वारा अनुगमन


कपुरकोट, २१ मंसिर । साना किसान कृषि सहकारी संस्था लिमिटेड, कपुरकोटमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंबाट केन्द्रीय टोलीले अनुगमन तथा निरीक्षण गरेको छ ।

अनुगमन टोलीमा केन्द्रीय टिमका मुख्य प्रबन्धक शिवहरि अर्याल, प्रमोद पाण्डे, साना किसान विकास लघुवित्त वित्तीय संस्था सुर्खेत शाखाका प्रबन्धक हरि प्रसाद न्यौपाने र विजय रेश्मि मगर सहभागी रहनुभएको थियो ।

अनुगमनको क्रममा साना किसान कृषि सहकारी संस्थालाई सहुलियतपूर्ण कर्जा अन्तर्गत थोक कर्जा उपलब्ध गराउने विषयमा छलफल भएको हो । उक्त कर्जाले विशेष गरी तरकारी खेती, पशुपालन र फलफूल खेतीमा लगानी गर्दै स्थानीय कृषकहरूको आयआर्जन वृद्धि गर्न मद्दत पुगेको संस्थाले जनाएको छ ।

सहकारी संस्थाका पदाधिकारीहरूले कर्जाको सहि व्यवस्थापन र लगानीको प्रभावकारिता सुनिश्चित गर्न निरन्तर अनुगमन आवश्यक रहेको बताएका छन् । अनुगमन टोलीले सहकारीको काम कारबाहीको प्रशंसा गर्दै भविष्यमा थप योजनाका लागि साथ र सहकार्यको प्रतिबद्धता जनाएको छ ।

यस प्रकारका सहकार्यहरूले ग्रामीण क्षेत्रका साना किसानहरूलाई आत्मनिर्भर बनाउनेतर्फ महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको अध्यक्ष डम्बर बहादुर यरीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस