दाङ, १९ मंसिर । दाङको शान्तिनगर गाउँपालिकाले सार्वजनिक स्थानमा जंक फुड (पत्रु खाना), धुम्रपान र मदिराजन्य पदार्थ बिक्रि वितरण तथा सेवनमा रोक लगाएको छ ।
गाउँपालिकाको १५ औँ गाउँसभाले गाउँपालिका क्षेत्रका सार्वजनिक स्थान वरपर जंक फुड, सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ बिक्रि वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको हो ।
सार्वजनिक क्षेत्र गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा सबै विद्यालय वरपर रक्सि, चुरोट, गुटका, लागूऔषध र जंक फुट खान रोक लगाएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो ।
सार्वजनिक स्थानमा जंक फुड, मध्यपान र धुम्रपानजन्य पदार्थ बिक्रिवितरण रोक लगाइएको सूचना जारी गरिसकेको हुँदा नियम पालना नगर्नेलाई कानुन बमोजिम कार्बाही गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार


