२०८१ माघ १ गते मङ्गलवार

दाङमा दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल हुने


दाङ, १९ मंसिर । दाङको तुलसीपुरमा दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा अरनिको मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता यहि पुस ११ गते देखि सुरु हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारसंगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगिताको विजेता, उपविजेता र तृतीय स्थान हात पार्ने टिमलाई क्रमश ः नगद ५०, ३० र १५ हजार पुरस्कारसंगै कप, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधाका खेलाडीलाई ट्रफी, प्रमाणपत्र प्रदान गरिने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु ऐरिले जानकारी दिनुभयो ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुम लगाएत जिल्लाका झन्डै १२ बढी भलिबल टिमको सहभागिता रहनेछ । ५ हजार टिम दर्ता शुल्क निर्धारण गरिएको प्रतियोगिताको खेल तालिका टाईसेट पुस १० गते दिउँसो ४ बजे प्रकाशित गरिने ऐरिले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस