एजेन्सी- सांसदको विरोधपछि कोरियाली राष्ट्रपति योन सुक योल योक आफूले लगाएको सैनिक शासनबाट पछि हट्ने बताउनुभएको छ ।
उत्तर कोरियाबाट जोखिम आएको कारण अप्रत्याशित रूपमा सो निर्णय गरेको बताएका उनले संसद्को बहुमतको निर्णयका कारण पछि हटेको बताउनुभएको हो ।
राष्ट्रपतिले सैन्य शासन घोषणा गरे लगत्तै सांसदले राष्ट्रपतिलाई संसदबाटै हटाउने तयारी गरेका थिए। यसमा विपक्षी दलका विधायकको सक्रियता धेरै थियो ।
त्यसको लगत्तै अन्तर्राष्ट्रिय क्षेत्रले पनि दक्षिण कोरियामा चासो बढाएको थियो। सबै भन्दा धेरै चासो अमेरिकी निकायको थियो। दक्षिण कोरियाको निकट शक्ति अमेरिकाले दक्षिण कोरियाको आन्तरिक मामलामा स्वतन्त्र छाड्ने घोषणा गरेको थियो ।
राष्ट्रपति योलले टिभी सम्बोधनमार्फत् घोषणा गरेको २ घण्टा नहुँदै तीन सय मध्यका ९० सांसद भेला भएर यसको विरुद्धमा मतदान गरेका थिए । तत्कालै योलले यो निर्णय उल्ट्याउने घोषणा भएको थियो । राष्ट्रपतिले निर्णय सच्याउने बताए पनि उहाँको विरुद्धको प्रदर्शन अझै रोकिएको छैन ।
अहिले पनि सियोलमा उहाँको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेको छ । साथै विपक्षी विधायकले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् ।