२०८१ माघ १ गते मङ्गलवार

साना किसान कृषि सहकारी संस्थाहरूको त्रैमासिक समीक्षा


सल्यान, १६ मंसिर । सल्यानमा साना किसान कृषि सहकारी संस्थाहरूको त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । श्रीनगरस्थित होटल युनाइटेडमा आज समिक्षा कार्यक्रम गरिएको हो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटका अध्यक्ष डम्बरबहादुर यरीको अध्यक्षता तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतका प्रबन्धक हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा समिक्षा कार्यक्रम भएको हो ।

समिक्षा कार्यक्रममा जिल्लामा रहेका १९ वटा साना किसान कृषि सहकारी संस्थामध्ये १५ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाहरूले आफ्नो त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्षेत्रमा देखिएका चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे छलफल भएको हो ।

यस्तै आगामी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषयमा विशेष जोड दिइएको छ । कार्यक्रमको सञ्चालन जीतप्रसाद आचार्यले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस