दाङ, १६ मंसिर । नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । ६ देश सहभागी विश्व कपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो ।
नेपालले सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको छ । नेपालले आज हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान अन्तिम चारमा पुगेको हो ।
पाकिस्तानले लिग चरणमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो ।
नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् ।
प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार