दाङ, १५ मंसिर । तुलसीपुरको गहतेखोलादेखि शान्तिनगर गाउँपालिकाको बाघमारेसम्म सडक स्तरोन्नतीको काम सुरु भएको छ ।
सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो । उहाँका अनुसार साढे तीन मिटर चौडाइ रहेको सडकलाई साढे पाँच मिटर चौडा बनाएर कालोपत्रे गरिने छ ।
निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष एक करोड ४० लाख र चालु वर्षमा एक करोड ८२ लाख पेश्की प्रदान गरिएको छ । तर अहिले पर्याप्त बजेट नरहेको र ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम सुरु उहाँले बताउनुभयो ।
हाल गहतेखोलाबाट ८ दशमलव ८ किलोमिटरसम्मलाई स्तरवृद्धि गरिने छ भने त्यसलाई कालोपत्र पनि गरिने छ । उक्त सडक स्तरवृद्धिका लागि १६ करोड ५० लाखमा सम्झौता भएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार