२०८१ मङ्सिर २३ गते आइतवार

आज २०८१ साल मंसिर ११ गते मंगलबारको राशिफल

आज २०८१ साल मंसिर ११ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर २६ तारिख। एकादशी तिथि। उत्पतिका एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पारेको आजको फलादेश :

मेष राशि – कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन्। भविष्यको लागि सोच्न योग्य परिस्थिति सिर्जना हुनेछ। अध्ययनमा मन जानेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। व्यवसायमा सफलता प्राप्त होला। अधुरा कार्यहरू सुचारु हुनेछन्। कुनै पनि निर्णय गर्दा ख्याल राख्नु होला। नजिकका व्यक्तिहरूले खुट्टा तान्न सक्ने सम्भावना छ।

वृष राशि – व्यवसायिक सफलता मिल्नेछ। अधुरा कार्यहरू सुचारु हुनेछन्। प्रेम सम्बन्धमा मिठास छाउला। मिठो खानाको अवसर मिल्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। प्रतिस्पर्धामा सफल हुने सम्भावना छ। योजना अनुसार काम बन्ने भएकाले मन प्रसन्न हुनेछ। स्वास्थ्यमा ख्याल राख्नुपर्नेछ।

मिथुन राशि – आजको दिन मध्यम फलदायी रहनेछ। नजिकका व्यक्तिबाट धोका हुन सक्छ। मित्र वा आफन्तसँग भेटघाटमा समय बित्नेछ। पुराना समस्याहरू सुल्झाउन प्रयास गर्दा सफलता मिल्नेछ। विद्यार्थीका लागि दिन मध्यम रहनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला र खानपानमा विशेष ख्याल गर्नुहोला।

कर्कट राशि – वादविवादबाट बचेर काम गर्दा शुभ हुनेछ। व्यवसायमा सोचेजस्तो सफलता नपाइने सम्भावना छ। कार्य गर्दा ध्यान दिनु पर्नेछ। पढाइमा मन जाने छैन। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु होला। खर्च बढ्नेछ। पतिपत्नीबीच सुमधुर सम्बन्ध रहनेछ। लापरवाह वाणीले समस्या ल्याउन सक्छ।

सिंह राशि – स्वास्थ्य अनुकूल हुनेछ। जीवनसाथीको सहयोगले सहजता मिल्नेछ। कार्यक्षेत्रमा ज्ञान र लगनशीलताको प्रशंसा हुनेछ। रोकिएका कार्यहरू पुन: सुचारु हुनेछन्। कारोबारमा सहजता बन्ने भएकाले मन प्रसन्न हुनेछ। पुराना मित्रहरूसँगको भेटले खुसी ल्याउनेछ। ईर्ष्या गर्ने स्वभाव छोड्दा उचित हुनेछ।

कन्या राशि – मान–सम्मानमा कमी हुन सक्छ। कार्यक्षेत्रमा संचित धन प्राप्त होला। आर्थिक कारोबार बलियो हुनेछ। सोचेजस्तै कार्य अगाडि बढ्ने भएकाले मन हर्षित हुनेछ। व्यवसायमा नयाँ कार्य हात लाग्नेछन्। साथीभाइको पूर्ण साथ मिल्नेछ। तर, पतिपत्नीबीच मनमुटाव हुन सक्छ, वादविवादबाट बच्नु होला।

तुला राशि – इच्छित कार्यहरू सिद्ध हुनेछन्। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। धैर्यताले काम गर्दा शुभफल प्राप्त हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि उत्साहपूर्ण दिन हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

वृश्चिक राशि – कार्यक्षेत्रमा पद प्रतिष्ठा प्राप्त हुनेछ। साथीभाइको सहयोगले कार्यमा सहजता हुनेछ। आर्थिक पक्ष बलियो रहनेछ। आत्तिएर कुनै निर्णय नगर्नु होला। व्यवसायिक सफलता मिल्नेछ। पारिवारिक सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि शुभ दिन रहनेछ। कार्यकुशलताको प्रशंसा हुनेछ।

धनु राशि – पारिवारिक रमाइलो जमघट हुनेछ। व्यवसायमा लगानी थप्न उपयुक्त समय छ। कार्यक्षेत्रमा सम्मान मिल्नेछ। आर्थिक स्रोतहरू बढ्नेछन्। मान–सम्मानमा वृद्धि हुनेछ। बोल्दा विचार पुर्याउनु होला। जीवनसाथीको साथ पाइनेछ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ। वैदेशिक कार्यको शुभ समाचार सुन्न पाइनेछ।

मकर राशि – यात्रामा विशेष ख्याल राख्नुपर्नेछ। सामान चोरी वा हराउने सम्भावना छ। रोकिएका कार्यहरू पुन: सुचारु हुनेछन्। व्यवसायमा केही सकारात्मकता देखिनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। धार्मिक र सामाजिक कार्यमा मन जानेछ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ, सतर्क रहनु होला। स्वास्थ्यमा ध्यान दिनु होला।

कुम्भ राशि – कानुन विपरीत कार्य गर्दा दुःख पाउने सम्भावना छ, सजग रहनु होला। शुभ समाचारले मन प्रसन्न हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुनेछ। चाहेका कार्यहरू तीव्ररूपमा अगाडि बढ्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मीन राशि – व्यवसायमा सोचेजस्तो लाभ नपाउँदा चिन्ता बढ्न सक्छ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ। जोश जाँगर बढ्नेछ। सामाजिक र धार्मिक क्रियाकलापमा सहभागी हुने सम्भावना छ। सोचेजस्तै काम बन्ने भएकाले मन प्रसन्न हुनेछ। स्वास्थ्य सुधारोन्मुख हुनेछ। उत्तरार्धमा धन खर्च हुने सम्भावना छ। गाडी मोटर चलाउँदा ख्याल राख्नु होला। पतिपत्नीबीच मनमुटाव बढ्न सक्छ। दिन मध्यम फलदायी रहनेछ।

ज्योतिषाचार्य तथा वास्तुविद्

माधवा शर्मा
सचिव, नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क–लाइन, जेसिस चोक, दाङ।
फोन: ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस