दाङ, ६ मंसिर । टरिगाउ युथ क्लब दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टरिगाउँ आज पहिलो सेमिफाइनल खेलमा साविक बिजेता राईजिङ स्टार फुटबल क्लब घोराहीलाई पेनाल्टी ट्राईवेकरमा ५-३ ले पाखा लगाउदै फाईनलको यात्रा तय गरेको हो ।
अरनिको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारीत समयसम्म एक/एक गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो ।
खेलको सुरुवाती चरणमा उत्कृष्ट लयमा देखिएको राईजिङ स्टारका जर्सी न ८ का आशिष जिसिले पहिलो हाफ्को २० औ मिनेटमा स्कोर गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाउनुभयो ।
दुवै टिमले गोल गर्न सक्ने थुप्रै अवसर गुमाईरहदा खेलको ७४ आँै मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै टरिगाउँका जर्सी नम्बर ४ का सन्दिप केसीले टिमलाई १-१ को बराबरीमा पुर्याउनुभएको थियो ।
खेलमा टरिगाउका विशाल केसी म्यान अफ द म्याच हुनुभएको छ । प्रतियोगितामा भोलि शुक्रवार दिउँसो हुने दोस्रो सेमिफाइनलमा युएनबिसी घोराही र बिर्गेड ब्वाईज फुटबल क्लब ललितपुर काठमाडौ आमनेसामने हुनेछन् ।
खेल दिउँसो १ बजेबाट सुरु हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिनुभयो । मङ्सिर ८ गते सम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडी लाई नगद १५ सय तथा ट्रफी प्रदान गरिनेछ ।