
आज २०८१ साल मंसिर ४ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर १९ तारिख। चौथी तिथि। मंगलचौथी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पारेको आजको फलादेश :
मेष राशि : राजनीतिक कार्यमा सफलता मिल्नेछ। सामाजिक कार्य गर्ने अवसर मिल्नेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। व्यवसायमा मनग्य आम्दानी होला। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम र नाम दुवै कमाउने अवसर मिल्नेछ।
वृष राशि : आर्थिक पक्ष मजबुत भएकाले मन हर्षित हुनेछ। व्यवसायले फड्को मार्नेछ। पुराना मित्रसँगको मिलनले मनमा हर्ष छाउनेछ। भौतिक तथा मानसिक सुख बढ्नेछ। मित्र सहयोगले कार्य सम्पादनमा सहजता मिल्नेछ। दिन प्रसन्नतापूर्वक बित्नेछ।
मिथुन राशि : स्वादिष्ट भोजन प्राप्त हुनेछ। आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु होला। व्यवसायिक सफलता सोचेअनुसार नहुन सक्छ। यात्रा गर्दा सतर्क रहनु होला। मनमा अनेक कुरा खेल्नाले चिन्ता बढ्न सक्छ। सोचेअनुसार काम नहुँदा मन खिन्न हुनेछ। सकारात्मक भएर कार्य गर्दा केही उपलब्धि मिल्न सक्छ।
कर्कट राशि : नयाँ वाहन आदि किनमेलका लागि उपयुक्त समय छैन। कार्यक्षेत्रमा जिम्मेवारी बहन गर्नुपर्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मानसम्मान बढ्नेछ। बोल्दा विचार गरेर बोल्नु होला।
सिंह राशि : रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। नोकरीमा शुभ समाचार प्राप्त हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीका लागि दिन शुभ रहला।
कन्या राशि : आज पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नेछ। चिताएका कार्यहरू तीव्ररूपमा अघि बढ्नेछन्। मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दाम, नाम, र प्रतिष्ठा कमाउने समय छ। नजिकका आफन्तसँग भेटघाटमा समय व्यतीत हुनेछ। विद्यार्थीका लागि आजको दिन शुभ छ।
तुला राशि : कार्य क्षेत्रमा सफलता वा इनाम प्राप्त हुनेछ। सामाजिक तथा राजनीतिक कार्यमा मन जानेछ। समाजमा नाम र प्रतिष्ठा प्राप्त हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। तपाईंको पारदर्शिताको प्रशंसा हुनेछ।
वृश्चिक राशि : कार्य सुरु गर्दा सोचविचार गरेर गर्नु उचित हुनेछ। कानुनी कार्यमा सफलता मिल्नेछ। मनलाई धैर्य राखेर काम गर्न सके उत्तम हुनेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यले गति लिनेछन्। सामाजिक गतिविधिमा सहभागीता जनाइनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।
धनु राशि : साझेदारीमा गरिएका कार्यले सार्थकता पाउनेछन्। आज परिवारलाई समय दिनु उपयुक्त हुनेछ। आयर्जनका नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी हुनेछ। दीर्घकालीन योजनाले सार्थकता पाउनेछ। मनोरञ्जनमा दिन बित्नेछ। साँझ अप्रत्याशित उपहार वा वस्तु प्राप्त हुनेछ।
मकर राशि : आज दिन सोचेअनुसार सफल हुनेछैन। व्यवसायमा सोचेअनुसार प्रगति नहुँदा मन खिन्न हुनेछ। पेशाप्रति उत्साह घट्न सक्छ। अनावश्यक खर्च बढ्नेछ। बोल्दा विचार गरेर बोल्नुहोस्, झगडा वा विवादमा पर्न सकिन्छ। दाम्पत्य जीवन भने प्रेमपूर्ण हुनेछ।
कुम्भ राशि : आज आर्थिक पक्ष पहिलेको तुलनामा बलियो हुनेछ। बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्। वाणिज्य क्षेत्रबाट सफलता मिल्नेछ। व्यवसायिक कार्यले उपलब्धि दिनेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोस्। मित्र सहयोगले आर्थिक र सामाजिक पक्ष बलियो हुनेछ।
मीन राशि : साथीभाइको सहयोगले कठिन कार्य पनि पूरा हुनेछन्। आफ्नो सोचलाई परिवर्तन गर्न सके उत्तम हुनेछ। सही समयमा सही निर्णय लिन सकिनेछ। हिम्मतका साथ कार्य गर्दा सफलता प्राप्त हुनेछ। परोपकारमा समय बित्नेछ। शुभ समाचार सुन्न पाइनेछ। मान, प्रतिष्ठा, र पदवी प्राप्त हुने दिन रहेको छ। तपाईँको क्षमताको कदर हुनेछ। लगनशील भएर काम गर्दा नाफामुखी हुनेछ।
ज्योतिषाचार्य तथा वास्तु विद्
माधवा शर्मा
सचिव
नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, के-लाइन, जेसिस चोक, दाङ
फोन नं: 9848060799