
आज २०८१ साल मंसिर ३ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर १८ तारिख। तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष राशि : बाणिको प्रभावले आटेका कार्य सफल हुनेछन्। मिष्ठान्न भोजन प्राप्त होला। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त होलान्। सामाजिक प्रतिष्ठा बढ्ला। दाम, नाम दुवै कमाउने अवसर मिल्नेछ। आफन्तसँगको भेटघाटले मनमा खुशी छाउला। अध्ययन अध्यापनका क्षेत्रमा रुचि बढ्ला।
वृष राशि : सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जाला। मान-सम्मान बढ्नेछ। नोकरीमा आधिकारिक व्यक्तिको सहयोग मिल्नेछ। व्यवसायिक सफलता होला। चिताएका कार्यले तीव्रता प्राप्त गर्नेछ। दिन प्रेमिल रहला।
मिथुन राशि : शत्रुहरू सक्रिय रहनाले मनमा भय उत्पन्न होला। अलिक लगाव दिएर कार्य गर्दा केही सफलता हात लाग्ला। दैनिक कार्य केही खर्चिलो रहनेछ। संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न होला। व्यक्तिगत जीवनमा सन्तुलन राख्न जरुरी हुनेछ।
कर्कट राशि : आत्मविश्वास बढ्नेछ। व्यवसायिक सफलता मिल्ला। धार्मिक एवं सामाजिक कार्यमा मन जाला। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्ला। रचनात्मक कार्यमा सरिक भइएला। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीका लागि आज शुभ दिन रहला।
सिंह राशि : सामाजिक कार्यमा सरिक भइएला। चिताएका कार्यहरू तीव्ररूपमा अगाडि बढ्नेछन्। मांगलिक कार्यमा सरिक हुने अवसर मिल्ला। दाम, नाम, प्रतिष्ठा कमाउने बेला रहेको छ। नजिकका आफन्तसँगको भेटघाटमा समय व्यतीत होला। विद्यार्थीका लागि आज शुभ दिन रहेको छ।
कन्या राशि : कार्य शुभारम्भ गर्दा एकदमै सोचविचार गरेर गर्दा शुभ हुनेछ। कानुनी कार्यहरूमा सफलता मिल्ला। मनलाई धैर्य राखेर काम गर्न सके उत्तम होला। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यले गति लिनेछन्। धार्मिक कार्यमा रुचि बढ्ला। प्रतिस्पर्धामा सफलता मिल्नेछ।
तुला राशि: आज परिवारलाई समय दिनु उत्तम रहनेछ। सन्तानका पिरले मन बेचैन होला। आयर्जनका नयाँ-नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी होला। दीर्घकालीन योजनाले सार्थकता पाउनेछ। मनोरञ्जनमा दिन बित्नेछ। बेलुका अप्रत्यासित उपहार वा वस्तु प्राप्त हुनेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला।
वृश्चिक राशि :दाम्पत्य जीवनमा मिठास बढ्ला। सबै क्षेत्रबाट सफलता मिल्नेछ। खानपानमा खर्च बढ्ला। सामाजिक मान-सम्मान बढ्नेछ। बाणिको प्रभाव बढ्ला। साझेदारीमा गरिएको कार्यमा सफलता मिल्ला। विद्यार्थीका लागि आज विशेष लाभदायक दिन रहेको छ। नयाँ कार्यका योजनाहरू बन्नेछन्।
धनु राशि : पहिलेको तुलनामा आज आर्थिक पक्ष मजबुत हुनेछ। व्यवसायिक कार्यले सफलता मिल्ला। निर्णय गर्दा भने विशेष ख्याल राख्नु होला। स्वास्थ्यमा लापरवाही गर्दा समस्या झेल्नुपर्नेछ। मित्र सहयोगले आर्थिक एवं सामाजिक पक्ष बलियो हुनेछ।
मकर राशि : आम्दानीका स्रोतहरू बढ्नेछन्। आर्थिक लाभ प्राप्त होला। दिन शुभफलदायक रहेको छ। मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। शुभकार्यको चर्चा चल्ला। व्यवसायमा केही सफलता मिल्नेछ। नयाँ कार्यका योजनाले मनमा आनन्द दिनेछ। बौद्धिक प्रतिस्पर्धामा सफल भइएला। स्वास्थ्य सबल रहनेछ।
कुम्भ राशि :आज सोचेअनुरूप कार्य नबन्नाले मनमा चिन्ता बढ्नेछ। आवश्यकता भन्दा बढी चुनौतीको सामना गर्नु पर्नेछ। यात्रा गर्दा सजग रहनुहोला। सामान चोरी वा हराउने जोखिम छ। व्यवसायमा सोचेअनुरूप सफलता मिल्ने छैन।
मीन राशि : सही समयमा सही निर्णय लिन सकिनेछ। हिम्मतले कार्य गर्दा सफलता हात लाग्ला। ठूलो कार्य वा योजना अघि बढ्नेछ। परोपकारमा समय व्यतीत हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। मान, प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ। तपाईँको क्षमताको कदर हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। लगनशील भएर कार्य गर्दा नाफामुखि हुनेछ।
ज्योतिषाचार्य तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
फोन नं: 9848060799