२०८१ फाल्गुन ६ गते मङ्गलवार

आज मंसिर १ गते शनिबारको राशिफल

आज २०८१ साल मंसिर १ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर १६ तारिख। प्रतिपदा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले आजका लागि तयार पार्नुभएकाे राशिफल :

मेष राशि – कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त होलान्। सामाजिक प्रतिष्ठा बढ्ला। दाम नाम दुवै कमाउने अवसर मिल्नेछ। कार्यमा उच्च अधिकारीको साथले सहजता होला। आत्मविश्वास बढ्नेछ। आफन्तसँगको भेटघाटले मनमा खुशी छाउला। अध्ययन-आध्यापनका क्षेत्रमा रुचि बढ्ला। मन जाला।

बृष राशि – बाणिको प्रभाव बढ्नेछ। मान-सम्मान बढ्नेछ। सामाजिक कार्यमा रुचि बढ्ला। व्यवसायिक सफलता होला। चिताएका कार्यले तीव्रता प्राप्त गर्नेछ। दिन प्रेमिल रहला।

मिथुन राशि – हत्तारिएर गरेको निर्णयले नकारात्मक असर गर्न सक्छ। दैनिक कार्य केही खर्चिलो रहनेछ। आर्थिक समस्या बढ्नाले मन बेचैन होला। संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न होला। व्यवसायमा सोचेअनुसार सफलता मिल्ने छैन। व्यक्तिगत जीवनमा सन्तुलन राख्न जरुरी हुनेछ।

कर्कट राशि – धार्मिक एवं सामाजिक कार्यमा मन जाला। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्ला। रचनात्मक कार्यमा सरिक भइएला। पारिवारिक सद्भाव बढ्नेछ। सेयर मार्केटमा लाभ मिल्ला। बौद्धिकताको स्तर बढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।

सिंह राशि – साथीभाईबाट हिम्मत मिल्नेछ। नाम, प्रतिष्ठा कमाउने बेला रहेको छ। नयाँ योजनाहरू बन्नेछन्। नजिकका आफन्तसँगको भेटघाटमा समय व्यतित होला। दिन प्रेमिल रहनेछ। चिताएका कार्यले पूर्णरुप पाउनेछन्। दिन रमाइलो सङ्ग बित्नेछ। सामाजिक कार्यमा रुचि बढ्ला। विद्यार्थीका लागि आज शुभ दिन रहेको छ।

कन्या राशि – मनलाई धैर्य राखेर काम गर्न सके उत्तम होला। खानपानमा विशेष ख्याल राख्नु होला। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यले गति लिनेछन्। धार्मिक कार्यमा रुचि बढ्ला। कृषकका लागि आज दिन फलदायी पूर्ण रहला। दिन रमाइलो सङ्ग बित्नेछ।

तुला राशि – स्वादिष्ट भोजन प्राप्त होला। आयर्जनका नयाँ नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी होला। दीर्घकालिन योजनाले सार्थकता पाउनेछ। मनोरन्जनमा दिन वित्नेछ। मांगलिक कार्यमा सहभागी हुने दिन रहेको छ। चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला।

वृश्चिक राशि – सामाजिक मान-सम्मान बढ्नेछ। बाणिको प्रभाव बढ्ला। लेनदेनको कार्यमा सजग रहदाँ शुभ हुनेछ। साझेदारीमा गरिएको कार्यमा सफलता मिल्ला। विद्यार्थीको लागि आज विशेष लाभदायक दिन रहेको छ। शेयर बजारबाट फाइदा होला। नयाँ कार्यका योजनाहरू बन्नेछन्।

धनु राशि – आज आयव्य, सुख-दुख वरावर हुने दिन रहेको छ। निर्णय गर्दा विशेष ख्याल राख्नु होला। पेटसम्बन्धी समस्याले सताउन सक्छ। दिन सोचेभन्दा अलिक संघर्षपूर्ण रहला। आर्थिक पक्ष बलियो बनाउन आफन्तको साथ चाहिनेछ।

मकर राशि – दिन शुभफलदायक रहेको छ। मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। शुभकार्यको चर्चा चल्ला। आर्थिक सवलता बढ्नाले मन हर्षित होला। व्यवसायमा केही सफलता मिल्नेछ। नयाँ कार्यका योजनाले मनमा आनन्द दिनेछ।

कुम्भ राशि – नयाँ कार्य शुभारम्भ हुनेछ। वाणिले अरुलाई प्रभावित पारेर कार्य सम्पादन गरिएला। धनार्जनका नयाँ स्रोतहरू बढ्नेछन्। शुभ कार्यको चर्चा चल्नेछ। सामाजिक सेवामा मन लाग्नेछ। आदर्श व्यक्तिसँग सहकार्य हुन सक्नेछ। मान, सम्मान बढ्ला। टाढाका व्यक्तिसँगको कुराकानिले मन हर्षित् होला। सौखिनता बढ्नाले खर्च बढ्नेछ।

मीन राशि – सही समयमा सही निर्णय लिन सकिएला। परोपकारमा समय व्यतित हुनेछ। शुभ समाचार सुन्न पाइएला। मान, प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ। तपाईको क्षमताको कदर होला। पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायमा भने केही चुनौती थपिएला।


ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपूर क लाइन जेसिस चोक दाङ
फोन नं – 9848060799

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस