२०८१ मङ्सिर २३ गते आइतवार

अलपत्र घोराही-तुलसीपुर चारलेन सडक : योजना स्विकृत तर ठेक्क लाग्न अझै समय लाग्ने


दाङ, २२ कार्तिक । लामो समयदेखि अलपत्र रहेको घोराही-तुलसीपुर चारलेन सडकको ठेक्का प्रक्रिया अझै अन्यौलमा छ । चारलेन सडकको लागि छिट्टै ठेक्का हुने चर्चा चलेपनि ठेक्का प्रक्रियाबारे अझै ढिलाई हुने देखिएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले चारलेन सडकको ठेक्का लाग्ने बारे अझै टुंगो नरहेको बताउनुभयो । उहाँले ठेक्का लाग्न अझै तीन महिना भन्दा बढी समय लाग्ने बताउनुभयो ।

निर्माणधिन चारलेन सडकको ठेक्का तोडिएको एक वर्षभन्दा बढी भइसकेको छ, तर नयाँ ठेक्का भने हालसम्म लाग्न सकेको छैन् । यसअघि निर्माण कम्पनीले काम नगरेपछि २०८० जेठमा तत्कालीन सरकारले भारतीय निर्माण कम्पनी तथा इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टसंग ठेक्का सम्झौता रद्द गरेको थियो ।

ठेक्क सम्झौता तोडेपछि नेपाल सरकारको लगानीमा मर्मत गरिएको सडक पुनः जीर्ण बन्न थालिसकेको छ । तर लगानीको सुनिश्चित नहुँदा सडक विस्तारको ठेक्का भने अझै अनिश्चित छ । स्रोतका अनुसार चारलेन सडक निर्माणका लागि योजना स्विकृत भने भइसकेको छ । अब अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिसकेपछि मात्रै ठेक्का प्रक्रियामा जाने उहाँले बताउनुभयो ।

बाहिर भने तिहार अघि नै चारलेनको ठेक्का लागि सकेको हल्ला चलेको थियो । सडक डिभिजन प्रमुख बिष्टका अनुसार अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिसकेपछि पनि ठेक्का लाग्न ३ देखि ६ महिनासम्म लाग्नेछ ।

उहाँले स्रोतको सुनिश्चिता पछि मदन भण्डारी राजमार्ग निर्देशनालयले ठेक्का आब्हान गरेपछि मात्रै ठेक्का लाग्ने बताउनुभयो । प्रमुख बिष्टले समन्वयमात्रै गरिरहेको बताउनुभयो ।

सडक निर्माणमा ढिला हुँदा नागरिकलाई सास्ती भोग्नुपरेको छ । साँघुरो सडकमा सवारी साधनको चाप बढेको छ । सडकको दुराअवस्थाले गर्दा धेरैले मृत्युवरण गर्नुपरेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस