२०८१ मङ्सिर २३ गते आइतवार

विश्वकप क्रिकेट लिग–२काे अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, १९ कार्तिति । आइसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा दश बजे शुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।

लिग–२ मा नेपाल ११ खेलमा दुई जीतसहित पाँच अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । अमेरिका १२ खेलमा १६ अङ्कसाथ शीर्ष स्थानमा छ । लिग–२ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्कसहित दोश्रो स्थानमा छ ।

नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन् । अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ । यो श्रृंखलाको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्न लागेको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस