२०८१ फाल्गुन ७ गते बुधवार

आज २०८१ साल कार्तिक १८ गते आइतबारकाे राशिफल

आज २०८१ साल कात्तिक १८ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर ३ तारिख। कात्तिक शुक्ल पक्षको द्वितीया तिथि। तिहारको प्रमुख दिन अर्थात् भाइटीका पर्व। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापीन्युजका लागि ज्योतिषाचार्य माधवा आचार्यले तयार पार्नुभएको आजको फलादेशः


मेष राशि – आफ्नो बुद्दि प्रयोग गर्न सके आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ । स्वास्थ्यमा ख्याल राख्नु होला ।

बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।मन प्रसन्न रहला ।स्वास्थ्यमा भने सजगता अपनाउनुहोला ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन् ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ ।वैदेशिक कार्यहरु अगाडि बढ्नेछन् ।

कर्कट राशि -आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | आर्थिक लाभ हुनेछ ।संगितमा रुचि वढ्नेछ । पारिवारीक जमघटले मनमा आनन्द छाउला ।कला क्षेत्रमा रुचि वढ्नेछ।

सिंह राशि -खानपानमा अलिक ध्यान दिनुपर्नेछ।अनावश्यक झमेलामा परिएला ।हातैमा परेको सफलता पनि अरुकै पोल्टामा पर्न सक्छ अलिक ध्यान दिनु पर्ला । अनावश्यक खर्च वढ्नेछ ।

कन्या राशि-किर्तिमानि कायम हुने समय रहेको छ।मित्रवाट सहयोग प्राप्त हुनेछ ।महत्वपूर्ण कार्यको थालनि हुनेछ ।आकस्मिक धन लाभ हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ ।

तुला राशि – मनमा उत्साह एवं बाणिको प्रभाव वढ्ने समय रहेको छ ।महिला वा मित्रवाट सहयोग प्राप्त हुनेछ ।घरमा अतिथिको स्वागत् सत्कार गर्ने अवसर प्राप्त हुनेछ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।केहीँ उपहार प्राप्त गर्ने समय रहेको छ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।नयाँ जिम्वेवारी प्राप्त हुन सक्छ ।

बृश्चिक राशि -आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ आर्थिक उन्नति वढनेछ ।आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ ।

धनु राशि – विपरीत वर्गप्रति आकर्षण वढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका प्राप्त होला ।कार्यहरु सफल हुनेछन् ।व्यवसायमा सफलता मिल्नेछ ।अार्थिक पक्ष वलियो हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।मनोरन्जनमा दिन बित्नेछ । दिनको उत्तरार्धमा अलिक खर्च बढ्नेछ । स्वास्थ्यमा अलिक सजगता अपनाउनु पर्नेछ ।

मकर राशि – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।मनमा शान्ति छाउला ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ । वेलुका पख धन बढि खर्च हुनेछ ।

कुम्भ राशि -दैनिक कार्यमा प्रगति हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।

मिन राशि – आज आर्थिक संकटले गर्दा मन अशान्त र छटपटि वढ्नेछ ।प्रेम सम्वन्धमा वाधा उत्पन्न हुनेछ ।नयाँ कार्य गर्दा सोच बिचार गरेर अगाडि बढ्नु होला । आज लाभहानि , आयव्यय,दुख सुख वराबर भएको दिन रहको छ ।निर्णायत्मक क्षमतामा कमि अाउला । आर्थिक क्षेत्रमा कठिनाई आउला । माल सामान हराउन सक्छ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस