२०८१ मङ्सिर २३ गते आइतवार

सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरा रिहा


दाङ, १५ कार्तिक । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् । विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल एक वर्षपछि मंगलबार रिहा भएको पारिवारिक स्रोतले जनाएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले उनलाई साधारण तारिखमा छोड्न आदेश दिएसँगै महरा जेलमुक्त भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले अदालतको आदेश अनुसार राहुल छुटेको पनि पुष्ट्रि गर्नुभयो । २०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट (भेप) मार्फत लुकाएर ल्याइएको सुन प्रकरणमा जोडिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राहुललाई गत वर्ष भदौ १३ गते पक्राउ गरेको थियो ।

नेकपा माओवादी केन्द्रको उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा जेठा छोरा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र सङ्गठित अपराधमा अभियोग कसुर लगाइएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस