२०८३ भाद्र १६ गते मङ्गलवार

आज बिहीबार १५ गतेको राशिफल

आज २०८१ साल कात्तिक १५ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर ३१ तारिख। कात्तिक कृष्ण पक्षको चतुर्दशी उपरान्त औंसी तिथि। कुकुर तिहार, नरक चतुर्दशी आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। इकापीन्युजका लागि ज्योतिष माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – परोपकारमा रुचि बढ्नेछ। चतुर्याईले कार्य सम्पादनमा सहजता हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। अतिथिको स्वागत-सत्कार गर्नु पर्ला। व्यवसायिक सफलता मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

वृष राशि – सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। रोकिएका कार्यहरू पुन: सुचारु हुनेछन्। धार्मिक यात्रा हुनेछ। आर्थिक कारोबारमा सफलता मिल्नेछ। पारिवारिक साथले मन प्रसन्न हुनेछ। कूटनीतिक सफलता मिल्नेछ।

मिथुन राशि – धर्मकर्ममा मन जानेछ। सामाजिक कृत्यले मनमा आनन्द छाउला। आदर्श व्यक्तिसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। शत्रु पराजित हुनेछन्। अड्केका कार्यहरू सहजै सफल हुनेछन्। पराक्रम बढ्नेछ।

कर्कट राशि – आज मध्यम फलदायी रहेको छ। अलिक सम्हालिएर कार्य गर्दा उचित हुनेछ। सामान हराउने वा चोरी हुने हुन सक्छ। अनावश्यक धन क्षय हुनेछ। मनमा चिन्ता बढ्नेछ। बन्धुवान्धवको सहयोग भने प्राप्त होला। खानपानमा ख्याल राख्नु होला।

सिंह राशि – आकस्मिक धन लाभ हुनेछ। रोजगारका अवसर मिल्नेछन्। रोकिएका कार्यहरू पुन: सुचारु हुनेछन्। आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला। दैनिक कार्यमा सफलता मिल्नेछ।

कन्या राशि – आज जोश, जाँगर र हिम्मत बढ्नेछ। केही उपहार प्राप्त गर्ने समय रहेको छ। गरेका कार्यहरूमा सफलता मिल्ला। सोचेअनुरुप कार्यले तीव्रता पाउनेछ। आफन्तको साथ सपोर्टले सहजता छाउला। व्यवसाय राम्रो रहला। स्वास्थ्यमा सुधार हुनेछ।

तुला राशि – धार्मिक यात्रा हुनेछ। मनोरन्जनमा दिन बित्नेछ। सोचेअनुरुप कार्यहरू सफल हुनेछन्। बौद्धिक विकासले तपाईंको प्रशंसा बढ्नेछ। पार्टी वा सेमिनारमा सहभागी भइएला। मिष्ठान्न भोजन प्राप्त होला। आफन्तको साथले मनमा उमङ्ग छाउला।

वृश्चिक राशि – लगनशीलतामा कमी आउला। स्वास्थ्यमा धन खर्च हुनेछ। सुख-दुःख, हासो-खुसी, लाभ-हानि बराबर प्राप्त होला। आत्मबल अलि बढाएर अगाडि बढ्नुपर्ने दिन रहेको छ। झिना-मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ। प्रेमी-प्रेमिकाबीच मनमुटाव हुन सक्छ, ख्याल राख्नु होला।

धनु राशि – मनमा शान्ति छाउला। धर्मकर्म तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। शुभ समाचार सुन्न पाइएला। आय-आर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ भने प्राप्त होला। वाणिमा मिठास छाउला। कुटुम्ब वृद्धि हुनेछन्। बेलुका पख भने धन खर्च होला।

मकर राशि – रमाइलो यात्राको सम्भावना बढ्ला। आज धैर्य एवं लगनशीलताले अवसरहरू प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ। अधुरा कार्यले तीव्रता पाउनेछ। दिन प्रेमिल हुनेछ।

कुम्भ राशि – धार्मिक यात्राका अवसरहरू प्राप्त होलान्। सोचेअनुरुप कार्य अगाडि बढ्नाले मनमा शान्ति छाउँनेछ। पारिवारिक जमघट हुनेछ। अधुरा कार्यहरू पुन: सुचारु होलान्। प्रेमी-प्रेमिकाबीच सम्बन्ध सुमधुर हुनेछ। दिन रमाइलोसँग बित्नेछ।

मीन राशि – मनमा अनेक विचार बढ्नाले मन अशान्त रहला। नयाँ कार्य गर्दा सोच-विचार गरेर अगाडि बढ्नु होला। आज लाभ-हानि, आय-व्यय, दुःख-सुख बराबर भएको दिन रहेको छ। निर्णयात्मक क्षमतामा कमी आउला। आर्थिक क्षेत्रमा कठिनाइ आउला। स्वास्थ्यमा ख्याल राख्नु होला।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसीज चोक, दाङ
फोन नं – 9848060799

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस