
मेष राशि – समयअनुसार योजनाहरू बन्ने छन्, राजनीतिक सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। अतिथिको स्वागत सत्कार गर्नु पर्ला। व्यवसायिक सफलता मिल्नेछ। सम्मानयुक्त आतिथ्यता प्राप्त होला। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
वृष राशि – रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। धार्मिक यात्रा हुनेछ। आर्थिक कारोबारमा सफलता मिल्नेछ। पारिवारिक साथले मन प्रसन्न हुनेछ। कूटनीतिक सफलता मिल्नेछ। व्यवसायमा मनग्य आम्दानी होला।
मिथुन राशि – स्वास्थ्यमा समस्या आउन सक्छ। आर्थिक संकट आउन सक्छ। शरीरमा आलस्य छाउनेछ। व्यवसाय सोचेअनुसार सफल हुनेछैन। बोल्दा विचार गर्नुहोला। सामान चोरी वा हराउने सम्भावना छ।
कर्कट राशि – आज महत्वपूर्ण कार्यको थालनी हुनेछ। शत्रु क्षय हुनेछन्। अधुरा कार्यहरू पूर्ण हुनेछन्। राज्यबाट सम्मान प्राप्त होला। वित्तीय संस्थाबाट फाइदा हुनेछ। कृषकहरूको लागि आज सफलतादायी दिन रहनेछ। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ।
सिंह राशि – रोजगारका अवसर मिल्नेछन्। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन्। दिन मध्यम फलदायी रहला। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्न सक्छ। दैनिक कार्यमा सफलता मिल्नेछ। बुद्धिको सही प्रयोगले कार्यमा केही सहजता आउला।
कन्या राशि – केही उपहार प्राप्त गर्ने समय रहेको छ। गरेका कार्यहरूमा सफलता मिल्ला। सोचेअनुसार कार्यले तीव्रता पाउनेछ। आफन्तको साथले सहजता छाउनेछ। व्यवसाय राम्रो रहला। स्वास्थ्यमा सुधार हुनेछ।
तुला राशि – लगनशीलतामा कमी आउला। स्वास्थ्यमा धन खर्च हुनेछ। सुख–दुःख, हाँसो–खुसी, लाभ–हानि बराबरी प्राप्त होला। आत्मबल अलि बढाएर अघि बढ्नुपर्ने दिन रहेको छ। सानासाना कार्यमा अल्झिएर समय बित्नेछ। नाक, कान, घाटीको समस्या आउन सक्छ।
वृश्चिक राशि – कला तथा संगीतमा रुचि बढ्नेछ। आँटेका कार्यहरू पूर्ण हुनेछन्। धर्मकर्ममा मन जानेछ। शुभ कार्यको चर्चा चल्नेछ। आज भाग्यले साथ दिनेछ, विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता हुनेछ।
धनु राशि – धर्मकर्म तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। शुभ समाचार सुन्न पाइएला। धन तथा प्रतिष्ठा प्राप्त होला। आय आर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ मिल्नेछ। वाणीमा मिठास छाउनेछ। कुटुम्ब वृद्धि हुनेछ।
मकर राशि – आज धैर्य तथा लगनशीलताले अवसरहरू प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ। सट्टापटामा गरिएका कार्यले पूर्णता प्राप्त गर्नेछ। दिन प्रेमिल हुनेछ। स्वास्थ्यमा अलिक ध्यान दिनुहोला।
कुम्भ राशि – मनमा अनेकन विचार बढ्नाले मन अशान्त रहला। नयाँ कार्य गर्दा सोच–विचार गरेर अघि बढ्नु होला। आज लाभ–हानि, आय–व्यय, दुःख–सुख बराबर भएको दिन रहेको छ। निर्णय क्षमतामा कमी आउला। आर्थिक क्षेत्रमा कठिनाइ आउला। स्वास्थ्यमा ख्याल राख्नु होला।
मीन राशि – आज कार्यमा सोचेअनुसार सफलता मिल्नेछ। नयाँ काम सुरु गर्न सकिने समय रहेको छ। मान सम्मान बढ्नेछ। सामाजिक कार्यमा प्रेरित भइएला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कार्य सम्पादनमा सहजता आउला। पारिवारिक सद्भावमा मिठास आउला। आँटेका कार्यहरू विस्तारै अघि बढ्नेछन्। स्वास्थ्यमा भने निकै ख्याल राख्नु होला।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर
फोन: ९८४८०६०७९९