
आज २०८१ साल कात्तिक १२ गते सोमबार तदनुसार सन् २०२४ अक्टोबर २८ तारिख। कात्तिक कृष्ण पक्षको एकादशी तिथि। रमा एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – वाणिज्यको प्रभाव बढ्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। सरकारी क्षेत्रका जागिरेका लागि आजको दिन अत्यन्तै शुभ रहला। अतिथिको स्वागत सत्कार गर्नु पर्ला। व्यवसायिक सफलता मिल्नेछ।
वृष राशि – तर्क-वितर्कमा परिन सक्छ, सजग रहनुहोला। आजको दिन मध्यम फलदायी रहला। कारोबार तथा लेनदेनमा समस्या आउला। बनेका योजना कार्यान्वयनमा ल्याउन समस्या होला। अनावश्यक खर्च बढ्नेछ।
मिथुन राशि – सफल यात्राको सम्भावना रहेको छ। साझेदारीमा गरिएको कार्यले सफलता प्राप्त गर्नेछ। बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहज होला। प्रेम सम्बन्ध बलियो हुनेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मन प्रसन्न रहला।
कर्कट राशि – अधुरा कार्यहरू पूरा हुनेछन्। राज्यबाट सम्मान प्राप्त होला। वित्तीय संस्थाबाट फाइदा हुनेछ। कृषकहरूको लागि आजको दिन सफलतादायी रहनेछ। शैक्षिक सफलता पनि प्राप्त होला। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ।
सिंह राशि – आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछ। लहलहैमा हिँड्ने बानीले धोका पाइने सम्भावना छ, सजग रहनुहोला। दिन मध्यम फलदायी रहला। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला। दैनिक कार्यमा सफलता मिल्नेछ। बुद्धिको सही प्रयोगले कार्यमा केही सहजता आउला। स्वास्थ्यमा पनि अलिक ध्यान दिनु होला।
कन्या राशि – स्वास्थ्यमा धन खर्च हुनेछ। सुखदुख, हासोखुसी, लाभहानी बराबर प्राप्त होला। आत्मबल अलि बढाएर अगाडि बढ्नुपर्ने दिन रहेको छ। झिना मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ। प्रेमीप्रेमिका बीच सुमधुर सम्बन्ध रहला।
तुला राशि – मान्यजनबाट विशेष सहयोग प्राप्त हुनेछ। नाम प्रतिष्ठा प्राप्त होला। वाणिमा मिठास छाएपछि प्रशंसा पाइएला। मिष्ठान्न भोजन प्राप्त होला। साथीभाइ ईष्टमित्रको सहयोग पूर्ण रूपमा पाईएला। तपाईँको कर्मको चर्चा चल्नेछ।
वृश्चिक राशि – धर्मकर्ममा मन जाला। शुभ कर्मको चर्चा चल्नेछ। आज भाग्यले साथ दिनेछ र विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता हुनेछ।
धनु राशि – धन एवं प्रतिष्ठा प्राप्त होला। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ प्राप्त होला। वाणिमा मिठास छाउला। कुटुम्ब वृद्धि हुनेछन्।
मकर राशि – कार्य सम्पादनमा समस्या आउला। मनमा चिन्ता र भय उत्पन्न होला। विश्वास गरिएका व्यक्तिले घात गर्नेछन्, सजग रहनुहोला। शरीरमा निराशा र आलस्य उत्पन्न होला। आर्थिक संकटले मनमा छटपटि हुनेछ।
कुम्भ राशि – नयाँ कार्यको अवसर प्राप्त होला। धनार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। तपाईँको धैर्यता र लगनशीलताले तपाईँलाई सफल बनाउनेछ। मन प्रसन्न होला। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। भाग्यले साथ दिनेछ। आर्थिक कारोबार विस्तारै उकालो लाग्नेछ।
मीन राशि – शिक्षण क्षेत्रमा विशेष सफलता मिल्नेछ। मान-सम्मान बढ्नेछ। सामाजिक कार्यमा प्रेरित भइएला। नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कार्य सम्पादनमा सहजता आउला। पारिवारिक सद्भावमा मिठास आउला। आत्मबल उच्च हुनेछ। आँटेका कार्यहरू विस्तारै अगाडि बढ्नेछन्।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर
फोन: ९८४८०६०७९९