२०८३ जेष्ठ २४ गते आइतवार

कृषि बन उद्यमबाटै आर्थिक समृद्धिको खोजि


दाङ, ११ कात्तिक । दाङको तुलसीपुरमा तीन दिनसम्म संचालन भएको प्रदेश स्तरीय कृषि वन उद्यम अवलोकन भ्रमण तथा सिकाइ आदानप्रदान कार्यक्रम आज सकिएको छ । परम्परागत कृषि प्रणालीलाई व्यावसायिक कृषि वन उद्यममा रूपान्तरण गरी उद्यमशीलताको माध्यमबाट ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

ग्रीन फाउन्डेसन नेपालको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको कार्यक्रम आज सकिएको हो । कार्यक्रममा दाङसहित १५ जिल्लाका स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरू लगायत सहभागीले कृषि बन उद्यम प्रवद्र्धनको नीति निर्माणको सिकाइ आदानप्रदान गरेका छन् ।

सहभागी जनप्रतिनिधि, बनका प्रतिनिधि लगायतले स्थानीय तहमा कृषि वन उद्यम प्रवर्द्धन नीति निर्माण, सीप विकास र तालिम कार्यक्रम सञ्चालन, सहुलियतपूणर् ऋण र अनुदान कार्यक्रम, स्थानीय उत्पादनको बजार विस्तार र सहजीकरण लगायतका सिकाई आदानप्रदान गरिएको ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो ।

सहभागीले निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेका पालामा निर्माण भएको तुलसीपुर-६ मा रहेको तुलसीपुर तरकारी तथा फलफुल बजार, तुलसीपुर-१२ मा रहेको प्राङ्गारिक मल उत्पादन केन्द्र, मेट्रो कलेज, तुलसीपुरमा तीन दिनसम्म संचालित सर्प महोत्सवको अवलोकन अवलोकन गरेको आयोजकले जनाएको छ ।

यस्तै तुलसीपुर-७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यान, तुलसीपुर-३ भट्टेमा रहेको गड्यौला मल उत्पादन तथा व्यावसायिक कृषि उद्यम, शान्तिनगर गाउँपालिका- ५ रगैचामा रहेको दुनाटपरी उद्यम, थारु सांस्कृतिक होमस्टे लगायतको अध्ययन अवलोकन गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

ग्रिन फाण्डेशन दाङका अध्यक्ष बिष्णु बहादुर केसीको अध्यक्षतामा कार्यक्रमको समापन गरिएको हो । कार्यक्रमको सहजीकरण कर्मचारी गणेश भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस