आज २०८१ साल कात्तिक ११ गते आइबार तदनुसार सन् २०२४ अक्टुबर २७ तारिख। कात्तिक कृष्ण पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – आज दिन मध्यम फलदायी रहला। आर्थिक पक्ष विस्तारै अगाडि बढ्नेछ। राजनीतिक क्षेत्रमा भने सफलता मिल्ने छैन। वैदेशिक कार्यमा ढिलासुस्ती हुनेछ।
वृष राशि – चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। भाग्यले साथ दिनेछ। आत्मविश्वास बढ्नेछ। नयाँ कामको सुरुवात होला। पारिवारिक प्रेममा सुमधुरता छाउला।
मिथुन राशि – घरजग्गाको कारोबारमा सफलता मिल्नेछ। बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहज होला। प्रेम सम्बन्ध बलियो होला। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। मानसम्मान बढ्नेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मन प्रसन्न रहला।
कर्कट राशि – वित्तीय संस्थाबाट फाइदा हुनेछ। शुभ कर्मको चर्चा हुनेछ। पराक्रम बढ्नेछ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। व्यवसायमा केही सफलता मिल्नेछ। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ।
सिंह राशि – चोटपटक लाग्न सक्छ, ख्याल गर्नु होला। मालसामान हराउने योग रहेको छ। आज दिन मध्यम फलदायी रहला। सानातिना कुरामा अल्झन परिएला। कार्यमा बाधा–अड्चन आउला। स्वास्थ्य विग्रन सक्छ। खर्च वृद्धि होला। बुद्धिको सही प्रयोगले कार्यमा केही सहजता आउला। यात्रा गर्दा विशेष ख्याल राख्नु होला।
कन्या राशि – सन्तान सुख तथा व्यवसायिक सफलता मिल्नेछ। सामाजिक कार्यमा मन जानेछ। मान–सम्मान उच्च हुनेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। प्रेमी–प्रेमिका बीच सुमधुर सम्बन्ध रहला। नाम, प्रतिष्ठा एवं कीर्ति बढ्नेछ।
तुला राशि – महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वाणीमा मिठास छाउँदा प्रशंसा पाईनेछ। मिठाइ भोजन प्राप्त होला। साथीभाइ–इष्टमित्रको सहयोग पूर्णरूपमा पाईनेछ। तपाईँको कर्मको चर्चा चल्नेछ। अन्य क्षेत्र राम्रो रहला। स्वास्थ्यमा भने ख्याल राख्नु होला।
वृश्चिक राशि – एकपछि अर्को अवसर आएर मन प्रसन्न हुनेछ। आज भाग्यले साथ दिनेछ। तपाईँको वाणी नै समाजका लागि पर्याप्त हुनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता हुनेछ। महत्वपूर्ण कार्यको थालनी होला। स्वास्थ्यमा भने ख्याल राख्नु होला।
धनु राशि – सरकारी निकायको भए रहला। समय मध्यम फलदायी रहला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। पूरा हुन लागेका कार्यमा बाधा–अड्चन आउला। पारिवारिक साथ भने प्राप्त होला। मनमा द्विविधा र स्वास्थ्यमा धन खर्च होला, ध्यान दिनु होला।
मकर राशि – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ। व्यावहारिक फाइदा भने हुनेछ।
कुम्भ राशि – आदर्श व्यक्तिसँगको सहकार्यले व्यवसायिक सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। तपाईँको धैर्यता र लगनशीलताले तपाईँलाई सफल बनाउनेछ। मन प्रसन्न होला। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। भाग्यले साथ दिनेछ।
मीन राशि – मान–सम्मान बढ्नेछ। सामाजिक कार्यमा प्रेरित भइनेछ। नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कार्य सम्पादनमा सहजता आउला। पारिवारिक सद्भावमा मिठास आउला। आत्मबल उच्च हुनेछ।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर
फोन: ९८४८०६०७९९


