२०८३ भाद्र १७ गते बुधवार

आज कात्तिक ९ गते शुक्रबारको राशिफल

 आज २०८१ साल कात्तिक ९ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर २५ तारिख। कात्तिक कृष्ण पक्षको अष्टमी तिथि। राधा अष्टमी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – बोल्दा ख्याल गर्नु होला, अपजस लाग्न सक्छ। खानपानमा ख्याल गर्नु होला। शरीरमा स्फूर्तिको कमी हुनेछ। कार्यमा ढिला सुस्ती हुनेछ। आलस्य छाउला। महत्वपूर्ण अवसरहरू गुम्न सक्छन्, चनाखो रहनु होला।

वृष राशि – चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। भाग्यले साथ दिनेछ। आत्मविश्वास बढ्नेछ। शेयर बजारबाट पनि लाभ प्राप्त हुनेछ। नयाँ कामको सुरुवात होला। पारिवारिक प्रेममा सुमधुरता छाउनेछ। कृषि क्षेत्रमा सफलता मिल्नेछ।

मिथुन राशि – बन्धु-बान्धवको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। भाग्य बलियो रहला। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। मान-सम्मान बढ्नेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मन प्रसन्न रहला।

कर्कट राशि – शुभ कर्मको चर्चा हुनेछ। पराक्रम बढ्नेछ। अध्यात्ममा मन जाला। सामाजिक कार्यमा प्रेरित बन्ने समय रहेको छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। व्यवसायमा केही सफलता मिल्नेछ। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ। अध्ययनमा मन लाग्ला। आर्थिक सुधार हुनेछ। प्रेम प्रसंग सुमधुर हुनेछ।

सिंह राशि – बौद्धिकतामा केही ह्रास आउला। आज दिन मध्यम फलदायी रहला। सानातिना कुराको अल्झनमा परिएला। कार्यमा बाधा-आड्चन आउला। स्वास्थ्य बिग्रन सक्छ। खर्च वृद्धि होला। बुद्धिको सही प्रयोगले कार्यमा केही सहजता आउला। यात्रा गर्दा विशेष ख्याल राख्नु होला।

कन्या राशि – सन्तान सुख मिल्नेछ। व्यवसायिक सफलता मिल्नेछ। सामाजिक कार्यमा मन जानेछ। मान-सम्मान उच्च हुनेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। प्रेमीप्रेमिकाबीच सुमधुर सम्बन्ध रहला। नाम, प्रतिष्ठा एवं कीर्ति बढ्नेछ। शेयर मार्केटमा पनि फाइदा होला।

तुला राशि – वाणीमा मिठास आउँदा प्रशंसा पाउनु हुनेछ। मिष्टान्न भोजन प्राप्त होला। साथीभाइ, इष्टमित्रको सहयोग पूर्ण रूपमा पाइएला। वित्तीय संस्थाबाट सहयोग प्राप्त हुनेछ। तपाईँको कर्मको चर्चा चल्नेछ। अन्य क्षेत्र राम्रो रहला। स्वास्थ्यमा भने ख्याल राख्नु होला।

वृश्चिक राशि – आज भाग्यले साथ दिनेछ। तपाईँको बोली नै समाजका लागि पर्याप्त हुनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। सट्टापट्टामा विशेष लाभ मिल्नेछ। महत्वपूर्ण कार्यको थालनी होला।

धनु राशि – समय मध्यम फलदायी रहला। सरसामान चोरी-हराउने हुन सक्छ। अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ला। पूरा हुन लागेका कार्यमा बाधा-आड्चन आउला। पारिवारिक साथ भने प्राप्त होला। स्वास्थ्यमा धन खर्च होला, ध्यान दिनु होला।

मकर राशि – श्रमको उचित मूल्याङ्कन हुनेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता मिल्नेछ। मानसिक लाभ भने रहला, तर व्यवहारिक फाइदा हुनेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला।

कुम्भ राशि – धनार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। तपाईँको धैर्यता र लगनशीलताले सफल बनाउनेछ। मन प्रसन्न रहला। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। मित्रमिलन होला। भाग्यले साथ दिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

मीन राशि – आज लामो समयदेखि रोकिएका कार्य पुनः सुचारु हुनेछन्। अरूलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कार्य सम्पादनमा सहजता आउला। पारिवारिक सद्भावमा मिठास आउला। आत्मबल उच्च हुनेछ। टाढाबाट आएका आफन्तसँग भेटघाट हुनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन नं: 9848060799

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस