२०८१ मङ्सिर २३ गते आइतवार

राप्ती नदीमा डुबेर दाङका तीन बालिकाको मृत्यु

दाङ, ८ कार्तिक । दाङको देउखुरीमा राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । नदिमा डुबेर लमही नगरपालिका- २ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी र गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाका अनुसार मृतक कृष्टी चौधरी गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा अध्ययनरत रहेकी थिइन् । यस्तै झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेकी थिइन् ।

आज दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस