२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुरमा लामो समयपछि नगर प्रहरी छनौट


तुलसीपुर, ४ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर प्रहरी भर्ना छनौटको नतिजा प्रकाशन गरेको छ । उपमहानगरपालिकाले नतिजा प्रकाशनमा ढिलाई गरेको भन्दै विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि दबाबमा परेको उपमहानगरले आज दिउँसो नगर प्रहरीको अन्तिम नतिजा प्रकाशन गरेको हो ।

उपमहानगरले प्रकाशन गरेको नतिजा अनुसार नगर प्रहरी नायब निरीक्षकमा ऋषिराज पछाई, नगर प्रहरी सहायक निरीक्षकमा संजय गिरी, नगर प्रहरी हवलदारमा विनोद रेउले र विष्णु चौधरी छनौट हुनुभएकोछ ।

त्यसैगरी नगर प्रहरी जवान तर्फ अमरराज चौधरी, गोविन्द बिक, नविन चौधरी, मनोज बिक, मंगल चौधरी, जित बहादुर चौधरी र अजय चौधरी रहनु छनौट हुनुभएको छ ।

त्यसैगरी महिला तर्फ नगर प्रहरी जवानमा धर्मा आचार्य, आदीवासी जनजाति तर्फ रुपलाल चौधरी र दिनेश चौधरी, दलित तर्फ शेर बहादुर परियार छनौट हुनुभएको छ । नगर प्रहरी भर्ना छनौट समितिले अन्तिम नतिजा प्रकाशनका लागि झण्डै एक महिना अघि प्रतिवेदन बुझाएको थियो । नगर प्रहरी भर्ना छनौटका लागि १८७ जनाले आवेदन दिएका थिए ।

सफल उमेदवारको नामावली :

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस