दाङ, २८ असोज । दाङमा भेरीको टोकाइबाट एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-४ खाद्रे निवासी ४० वर्षीय जिन्द थापा जंगली मौरीको टोकाइबाट घाइते हुनुभएको हो ।
आज दिउँसो ३ बजेतिर घर नजिकैको बाटोमा हिँडिरहेका बेला अचानक आएको भेरी (जंगली मौरी) ले शरीरको विभिन्न भागमा टोकेको हो ।
थापालाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको अवस्था मध्यम रहेको छ ।
प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार