२०८२ जेष्ठ ८ गते बिहिवार

दाङमा पानीमा डुबेर एक जनाको मृत्यु


दाङ, २८ असोज । दाङमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शान्तीनगर गाउँपालिका–७ सानो–तुलसीपुर निवासी ६१ वर्षीय केशव थापाको पानीमा डुबेर मृत्यु भएको हो ।

थापा घरबाट करिब २०० मिटर दक्षिणमा रहेको माध्यमिक विद्यालय सानो–तुलसीपुरको पूर्वपट्टिको धारामा पानी जमेको नालीमा घोप्टो परी आज दिउँसो १२ बजेतिर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आलिबाट लडेर पानीमा डुबेर मृत्यु भएको अनुमान गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस