आज २०८१ साल असोज २४ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर १० तारिख। असोज शुक्ल पक्षको सप्तमी तिथि। नवरात्रमा आज कालरात्रिको पूजा गरिन्छ। आज दशैंको फूलपाती हो। विश्व दृष्टि दिवस। विश्व मानसिक स्वास्थ्य दिवससमेत आजै परेका छन्। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि: ध्यान दिएर काम गर्नु उपयुक्त हुनेछ। वादविवादमा पर्न सकिन्छ, त्यसैले बोल्दा विचार पुर्याउनु होला। खर्चको सम्भावना छ। निर्णय गर्दा सोचविचार गर्नु पर्ला। सामाजिक तथा पारिवारिक सहयोग भने प्राप्त हुनेछ।
वृष राशि: आकस्मिक धन लाभको सम्भावना छ। साथीभाइको सहयोगले काममा सहजता हुनेछ। परिवारमा रमाइलो वातावरण बनाउनेछ। रमाइलो यात्रा हुनेछ।
मिथुन राशि: मन प्रसन्न रहनेछ। तपाईंको बौद्धिकताको प्रशंसा हुनेछ। काम सफल हुने समय छ। धार्मिक कार्यमा मन जानेछ।
कर्कट राशि: आर्थिक र सामाजिक पक्ष बलियो हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। बुद्धिको सही प्रयोगले काम सम्पादनमा सहयोग पुग्नेछ।
सिंह राशि: आजको दिन मिश्रित फलदायी हुनेछ। सामान चोरी हुने वा हराउने सम्भावना छ। अल्छिपनाले काममा बाधा पुर्याउन सक्छ।
कन्या राशि: बोलीको प्रभावले काममा सहजता आउनेछ। साझेदारीमा गरिएका काममा लाभ हुनेछ। मनमा खुशी हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ। नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ।
तुला राशि: कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ। धनार्जनका धेरै स्रोतहरू भेटिनेछन्। तर बेलुका धन खर्च हुनेछ। भौतिक सामानको क्षति हुन सक्छ, यात्रा गर्दा सजग रहनुहोस्।
वृश्चिक राशि: सम्बन्धमा सुधार आए पनि मनमा चिन्ता रहिरहनेछ। तपाईंको कर्मले कार्यक्षेत्रमा महत्वपूर्ण नतिजा दिनेछ। बिहान सुखद् रहे पनि बेलुका अल्छिपनाले काम बिग्रन सक्छ। यात्रा सुखद् हुनेछ।
धनु राशि: आज तपाईंको नेतृत्व क्षमता बढ्नेछ। सामान चोरी हुने वा हराउने सम्भावना छ। स्वास्थ्यमा केही समस्या आउनेछ। आफन्तको सहयोगले केही सहजता हुनेछ।
मकर राशि: नयाँ काम सुरु गर्न उपयुक्त समय छ। धन खर्च तथा पारिवारिक आर्थिक समस्या बढ्न सक्छ। अतिथिको सत्कार गर्न पाइनेछ। प्रशंसा प्राप्त हुने समय हो।
कुम्भ राशि: मन प्रसन्न रहनेछ। क्षमताको कदर हुने समय छ। सोचेअनुरूप काम पूरा हुनेछ। खर्च भने बढ्न सक्छ। पारिवारिक मामिलामा ध्यान दिनु पर्नेछ। आर्थिक चुनौती बढ्न सक्छ।
मीन राशि: धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। नयाँ योजना बन्ने समय हो। आर्थिक पक्षमा सुधार हुनेछ। नजिकको व्यक्तिबाट पूर्ण सहयोग प्राप्त हुनेछ।
वास्तु टिप्स:
- यदि बच्चा पढ्न मान्दैनन्, पढेको कुरा याद गर्दैनन्, वा धेरै सताउँछन् भने, उनलाई पढ्ने बेला उत्तर मुख गरेर पढ्न राख्नुहोस्। यसो गर्दा बच्चामा सुधार आउनेछ।
- बच्चाको सुत्ने कोठामा पिंक रंग प्रयोग गर्नु भयो भने, बच्चा केही मात्रामा शान्त, शालीन, तथा भद्र हुनेछ।