२०८१ फाल्गुन ६ गते मङ्गलवार

आज असोज १९ गते शनिबारको राशिफल

आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर ५ तारिख । असोज शुक्ल पक्षको तृतीया तिथि । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आरधना गरिन्छ । आज विश्व शिक्षक दिवस । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – धार्मिक आस्था वढ्ला। अध्ययनका क्षेत्रमा सवल बनिएला। मानसिक स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला। आर्थिक क्षेत्रमा अलिक सुधार हुनेछ।

बृष राशि – पारिवारिक साथले हिम्मत वढ्ला। धार्मिक तथा सामाजिक कृयाकलापमा सहभागिता भैएला। आत्मविश्वास वढ्ला। चूनौतिपूर्ण कार्यहरु समाल्नु पर्ला।

मिथुन राशि – साहसपूर्ण तरिकाले गरिएका कार्यमा सफलता मिल्नेछ। व्यवसायमा प्रगति होला। नयाँ योजनाहरु बन्लान्। पारिवारिक साथले मनमा उमङ्ग छाउला।

कर्कट राशि – साझेदारी कार्यमा सफलता मिल्ला। सकारात्मक सोच र ढृट इच्छाशक्तिले हरेक कार्य सफल होलान्। पारिवारिक जीवनमा सुमधुरता कायम रहला। कार्य क्षेत्रमा तपाईको प्रतिष्ठा वढ्ला। स्वास्थ्य सुधारोन्मुख रहला।

सिंह राशि – धर्मकर्म तथा अध्यात्ममा मन जाला। दिन प्रेमिल बन्ला। उत्साह र आनन्दमय जीवन बन्ला आम्दानिका नयाँ स्रोतहरु बन्लान्। सृजनात्मक कार्यमा सरिक भैएला। आर्थिक पक्षमा सोचविचार गरेर अगाडि वढ्दा शुभ होला।

कन्या राशि – बौद्धिक क्षमतामा निखार आउला। महत्वपूर्ण निर्णयहरु सम्पादन होलान्। अध्ययन र अनुसन्धानमा मन लाग्ला। तपाईको आज विश्लेषण क्षमता उच्च हुनेछ। पारिवारिक पूर्ण समर्थन प्राप्त होला।

तुला राशि – कार्यक्षेत्रमा अवसरहरु प्राप्त होलान्। तपाईको हिम्मत एवं नेतृत्व क्षमतामा वृद्दि होला। पारिवारिक सम्वन्ध सुमधुर होला। आर्थिक क्षेत्रमा भने अलि सजग रहनु पर्ला।

बृश्चिक राशि – कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्ला। सम्बन्धमा केहि खटपट आउन सक्छ। बैचारीक स्पष्टताले निर्णयात्मक क्षमतामा निखारता ल्याउला। आर्थिक पक्षमा निर्णय गर्दा अलिक ख्याल राख्नु होला।

धनु राशि – धर्मकर्ममा मन जाला। व्यक्तिगत विकासको लागि आजको दिन राम्राे छ। कार्य क्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान्। आर्थिक पक्षमा सुधार होला।

मकर राशि – कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नु पर्ला। तपाईको परिश्रमले महत्वपूर्ण नतिजा दिनेछ। शिक्षा र सृजनशीलतामा सफलता मिल्ला। आर्थिक कार्य गर्दा सोच विचार गर्नुहोला। स्वास्थ्यमा सुधार होला।

कुम्भ राशि – धार्मिक तथा सामाजीक कार्यमा मन जाला। व्यक्तिगत जीवनमा खुसि छाउला। आत्मविश्वास उच्च होला। पारिवारिक प्रेम वढ्ला। आर्थिक पक्षमा नयाँ अवसरहरुको खोजी होला। स्वास्थ्य सुधारोन्मुख होला।

मिन राशि – सामाजिक प्रतिष्ठा वढ्ला। आज तपाईले मेहनको फल प्राप्त गर्नुहुनेछ। पारिवारिक प्रेम वढ्ला। आर्थिक पक्षमा स्थायित्व वढ्ला। नयाँ अवसरहरु हात पार्न सकिएला।

वास्तु टिप्स

तुलसिको महत्व – घरघरमा रोपिएको तुलसिले हाम्रो घरमा बिग्रिएको वास्तुलाई केही हदसम्म न्युनिकरण गर्न मद्दत गर्छ। औषधीय गुणले भरिपूर्ण तुलसिलाई सकेसम्म घरको पूर्वी उत्तर दिशामा रोप्नु पर्छ, जसकारण घरमा आध्यात्मिक ऊर्जा प्राप्त गर्न सकिन्छ। तुलसिको विरुवाबाट दिन रात अक्सिजनको अधिकतम प्राप्ति हुन्छ। प्रत्यक्ष नारायणको वास रहने तुलसिको धार्मिक महत्व पनि उत्तिकै रहेको छ। रुघा, खोकि, ज्वरो जस्ता फ्लुबाट बच्नका लागि तुलसिको पानी पकाएर खाने सल्लाह आयुर्वेदले दिएको छ।

ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस