२०८२ असार ३ गते बुधवार

आज असोज १८ गते शुक्रबारको राशिफल

आज २०८१ साल असोज १८ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर ४ तारिख। असोज शुक्ल पक्षको द्वितीया तिथि। विश्व पशु दिवस। विश्व मुस्कान दिवस। नवरात्रको दोस्रो दिन आज ब्रम्हचारिणी देवीको आरधना गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – चूनौतिपूर्ण जिम्मेवारी समाल्नु पर्ला। मानसिक स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला। व्यवसायिक मामिलामा सोच-विचार गरेर अगाडि बढ्दा उचित होला।

बृष राशि – पारिवारिक साथले हिम्मत बढ्ला। धार्मिक तथा सामाजिक क्रियाकलापमा सहभागिता भैएला। तपाईँको विचारको प्रशंसा बढ्नेछ। संयमित रुपमा गरिएको कार्यले सफलता मिल्नेछ।

मिथुन राशि – साहसपूर्ण तरिकाले गरिएका कार्यमा सफलता मिल्नेछ। व्यवसायमा प्रगति होला। नयाँ योजनाहरू बन्न सक्छन्। यात्रा गर्नको लागि अनुकूल समय छ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहला।

कर्कट राशि – साझेदारी कार्यमा सफलता मिल्ला। सकारात्मक सोच र दृढ इच्छाशक्तिले हरेक कार्य सफल होलान्। पारिवारिक जीवनमा केही चुनौती आउला। धैर्यताले कार्यमा सहजता ल्याउँछ। आर्थिक निर्णय गर्दा सोच-विचार गर्नुहोस्।

सिंह राशि – धर्मकर्म तथा अध्यात्ममा मन जाला। दिन प्रेमिल बन्ला। उत्साह र आनन्दमय जीवन बन्ला, आम्दानिका नयाँ स्रोतहरू बन्न सक्छन्। सृजनात्मक कार्यमा संलग्न भइएला। आर्थिक पक्ष राम्रो हुँदै जाला।

कन्या राशि – धार्मिक एवं सामाजिक कार्यमा मन जाला। महत्वपूर्ण निर्णयहरू सम्पादन हुनेछन्। अध्ययन र अनुसन्धानमा मन लाग्ला। तपाईँको आजको विश्लेषण क्षमता उच्च हुनेछ। नयाँ कार्यको खोजी होला।

तुला राशि – कार्यक्षेत्रमा अवसरहरू प्राप्त हुनेछन्। तपाईँको हिम्मत एवं नेतृत्व क्षमतामा वृद्धि होला। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ, आर्थिक क्षेत्रमा भने अलि सजग रहनु पर्ला।

बृश्चिक राशि – साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउनेछ। दीर्घकालीन योजनाहरू बन्न सक्छन्। बौद्धिक स्पष्टताले निर्णयात्मक क्षमतामा निखारता ल्याउनेछ। आर्थिक पक्षमा नयाँ अवसरहरू प्राप्त हुनेछन्।

धनु राशि – धर्मकर्ममा मन जाला। व्यक्तिगत विकासको लागि आजको दिन राम्रो छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। आर्थिक पक्षमा सुधार होला।

मकर राशि – कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नु पर्ला। तपाईँको परिश्रमले महत्वपूर्ण नतिजा दिनेछ। शिक्षा र सृजनशीलतामा सफलता मिल्नेछ। आर्थिक कार्य गर्दा सोच-विचार गर्नुहोस्। स्वास्थ्यमा सुधार होला।

कुम्भ राशि – धार्मिक तथा सामाजिक कार्यमा मन जाला। व्यक्तिगत जीवनमा खुसी हुनेछ। आत्मविश्वास उच्च हुनेछ। पारिवारिक प्रेम बढ्ला। आर्थिक पक्षमा नयाँ अवसरहरूको खोजी हुनेछ।

मिन राशि – सामाजिक प्रतिष्ठा बढ्ला। दीर्घकालीन योजनाबारे अलिक ध्यान दिनु पर्ला। पारिवारिक प्रेम बढ्ला। आर्थिक पक्षमा स्थायित्व हुनेछ। नयाँ अवसरहरू हात पार्न सकिनेछ।

वास्तु टिप्स :-

पारिवारिक प्रेम (पतिपत्निको)वढाउनको लागि पति पत्निको वेडरुम वायव्य ( पश्चिम उत्तर ) को दिशामा हुनु पर्छ ।

– दक्षिण सिरानि गरेर सुत्ने -विम मुन नसुत्ने ।

– श्रीमान् श्रीमतिको वेडमा अन्य सदस्य लाई सुत्न नदिने ।

– यदि सुताउनै परे अर्को दिन तन्नाहरु परीवर्तन गर्ने। -दैनिक कपुर केहि ल्वाङ ,गाईको घ्यू बनाएर सुत्नु भन्दा १ घन्टा अगाड बालिदिने ।

ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस