
दाङ, १७ असोज ।
राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ श्रीखोलास्थित आज बिहान सवा ९ बजेतिर सुख्खा पहिरो गएका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरो खुलाउने प्रयास भइरहेको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन गोठीखोलामा रोकिएका छन् ।
प्रकाशित मिति : २०८१ असोज १७ गते बिहिवार