आज २०८१ साल असोज १७ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर ३ तारिख। असोज शुक्ल पक्षको प्रतिपदा तिथि। नवरात्र आरम्भ, घटस्थापना। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – कार्यक्षेत्रमा महत्वपूर्ण जिम्मेवारी समाल्नु पर्ला। साहस बढ्ला, कार्यमा सहजता होला। बौद्धिक क्षेत्रमा निखार आउला। धनार्जनका स्रोतहरू बढ्लान्।
बृष राशि – आर्थिक पक्षमा केही विचलन होला। पारिवारिक साथले हिम्मत बढ्ला। सम्पत्ति सम्बन्धी मुद्दामामिलामा सफलता होला। वित्तीय क्षेत्रमा सजगता अपनाउनु पर्ला।
मिथुन राशि – पारिवारिक सहयोगले कार्यहरू सहजै सफल होलान्। व्यवसायमा प्रगति होला। नयाँ योजनाहरू बनलान्। यात्रा गर्नको लागि अनुकूल समय छ। कारोबार गर्दा अलिक ख्याल गर्नु पर्ला।
कर्कट राशि – साझेदारी कार्यमा सफलता मिल्ला। सकारात्मक सोच र दृढ इच्छाशक्तिले हरेक कार्य सफल होलान्। पारिवारिक जीवनमा केही चुनौती आउला। धैर्यताले कार्यमा सहजता ल्याउला।
सिंह राशि – अध्यात्ममा मन जाला। दिन प्रेमिल बन्ला। उत्साह र आनन्दमय जीवन बन्ला। आम्दानिका नयाँ स्रोतहरू बन्लान्। सृजनात्मक कार्यमा सहभागिता जनाइएला। आर्थिक पक्ष राम्रो हुँदै जाला।
कन्या राशि – धार्मिक एवं सामाजीक कार्यमा मन जाला। महत्वपूर्ण निर्णयहरू सम्पादन होलान्। अध्ययन र अनुसन्धानमा मन लाग्ला। तपाईको आज विश्लेषण क्षमता उच्च हुनेछ।
तुला राशि – व्यक्तिगत सम्बन्धमा ध्यान दिनु पर्ला। मानसिक विचलन बढ्न सक्छ। कार्यमा चुनौतीहरू आउँछन् तर संयमता एवं धैर्यताले सहजता ल्याउला।
बृश्चिक राशि – पारिवारिक जीवनमा ध्यान दिनु पर्ला। स्वास्थ्यमा केही सुधार आउला। व्यवहारिक स्पष्टताले निर्णयात्मक क्षमतामा निखारता ल्याल।
धनु राशि – धर्मकर्ममा मन जाला। व्यक्तिगत विकासको लागि आजको दिन राम्रो छ। कार्य क्षेत्रमा नयाँ अवसरहरू प्राप्त होलान्। आर्थिक पक्षमा विशेष ख्याल गर्नु होला।
मकर राशि – तपाईको व्यक्तित्वमा निखार आउला। शिक्षा र सृजनशीलतामा सफलता मिल्ला। आर्थिक कार्य गर्दा सोच विचार गर्नुहोस्। स्वास्थ्यमा सुधार होला।
कुम्भ राशि – धार्मिक तथा सामाजीक कार्यमा मन जाला। व्यक्तिगत जीवनमा खुशी छाउला। आत्मविश्वास उच्च होला। पारिवारिक प्रेम बढ्ला। लगानी गर्दा ध्यान दिनु पर्ला।
मिन राशि – सामाजिक प्रतिष्ठा बढ्ला। दीर्घकालीन योजना बन्दै छन् भने अलिक ध्यान दिनु पर्ला। पारिवारिक प्रेम बढ्ला। आर्थिक पक्षमा स्थायित्व बढ्ला। मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ला।
घटस्थापना को शुभ समय आज बिहान ९:१६ मिनेटमा रहेको छ। पूर्वाभिमुख भएर घटस्थापना गर्नुहोस्। घटस्थापना प्रत्येक घरमा गर्नु शुभ हुन्छ।
ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९