
सल्यान, १३ असोज । चाडपर्वमा हुन सक्ने कालोबजारीलाई रोक्न सल्यानको कपुरकोटमा बजारमा अनुगमन गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका शाखा अधिकृत श्याम लाल खरालको संयोजनमा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकास भण्डारीको विशेष उपस्थितिमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा कपुरकोट गाउँपालिका वडा नम्बर ३ बजारका १४ किराना पसलहरूमा १ हजार ६५० रुपैयाँ बराबरको म्याद सकिएको सामान बरामद भएको छ ।

उपभोक्ताहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै यस्तो अनुगमन नियमित रूपमा गरिने अधिकृत खरालले बताउनुभयो । उहाँले उपभोक्ताहरूलाई सुरक्षित र गुणस्तरीय सामानको उपलब्धता सुनिश्चित गर्नका लागि यस प्रकारका अनुगमन गर्ने गरिएको बताउनुभयो ।
प्रहरी चौकी कपुरकोटको सहभागितामा म्याद सकिएका सामाग्रीहरू नष्ट गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार