२०८१ मङ्सिर २३ गते आइतवार

आज असोज १२ गते शनिबारको राशिफल

 आज मिति २०८१ साल असोज १२ गते शनिबार, नेपाल संवत ११४४, सेप्टेम्बर २८ तारिख सन् २०२४, असोज कृष्ण पक्षको एकादशी तिथि, एकादशी श्राद्ध, आज विश्व रेविज विरुद्धको दिवस । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि:
अलिक ध्यान पुराएर कार्य गर्नु उपयुक्त रहला। निर्णय गर्दा सोचविचार गर्नु पर्ला। सामाजिक र पारिवारिक सहयोग प्राप्त होला।

बृष राशि:
आकस्मिक धन लाभ हुनेछ। खानपानमा सतर्कता अपनाउनु पर्ला। पारिवारिक विवाद सृजना हुन सक्छ।

मिथुन राशि:
आटेका कार्यमा बाधा आउन सक्छ, आर्थिक हानि हुनेछ। पेटमा खरावि आउन सक्छ, खानपानमा विशेष ख्याल राख्नु पर्ला।

कर्कट राशि:
आर्थिक र सामाजिक पक्ष बलियो बन्नेछ। रोकिएका कार्य पुनः सन्चालन हुनेछन्। बुद्धिको सहि प्रयोगले कार्य सम्पादनमा सहयोग पुग्ला।

सिंह राशि:
आजको दिन मध्ययम फलदायी रहला। सामान चोरी वा हराउने खतरा छ। आलस्यले कार्यमा बाधा पुर्याउन सक्छ।

कन्या राशि:
बाणिको प्रभावले कार्य सम्पादनमा सहजता आउनेछ। साझेदारीमा गरिएका कार्यमा लाभ प्राप्त हुनेछ। मनमा हर्ष छाउनेछ।

तुला राशि:
कार्य क्षेत्रमा राम्रो प्रगति हुनेछ। धनार्जनका धेरै स्रोत भेटिनेछन्। तर बेलुकापख धन खर्च हुनेछ। भौतिक सरसामानको क्षति हुन सक्ला।

बृश्चिक राशि:
सम्बन्धमा सुधार आउने भएता पनि मनमा चिन्ता रहिरहला। सोचेअनुरूप कार्य पूर्ण गर्न कठिनाई हुनेछ। बिहान समय सुखद् रहेता पनि बेलुकि आलस्यले कार्य बिग्रन सक्छ।

धनु राशि:
आज प्रेममा अफ्ठेरो स्थिति आउन सक्छ। आर्थिक क्षति सहनु पर्ला, तर आफन्तको सहयोगले केही सहजता आउन सक्छ।

मकर राशि:
नयाँ कार्य थालनी गर्न उपयुक्त समय छ। धन खर्च र पारिवारिक आर्थिक समस्याहरू बढ्न सक्छ। अतिथिको सत्कार गर्न पाइएला।

कुम्भ राशि:
मन प्रसन्न रहनेछ। क्षमताको कदर हुने समय छ। सोचेअनुरूप कार्य पूर्ण हुनेछन्। खर्च भने बढ्न सक्छ।

मिन राशि:
धार्मिक र सामाजिक कार्यमा मन जाला। नयाँ योजना बन्ने समय छ। जागिरमा भने मन जाने छैन। नजिकको व्यक्तिवाट पूर्ण साथ पाईएला।

वास्तु टिप्स –

किचेनको ठिक तल वा माथी पानि ट्याङ्कि रहनु राम्रो हैन ।

– किचेनको ठिक तल वा माथी सौचालय वनाउनु हुदैन

-किचेनको ठिक तल वा माथी पारिवारीक वेडरुम हुनु उपर्युक्त हैन।

-यदि परिवारले प्रयोग गर्नै परे चुलोको ठिक तल वा माथी बेड राख्नु हुदैन ।

ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस