२०८१ मङ्सिर २३ गते आइतवार

आज असोज १० गते बिहीबारको राशिफल

आज २०८१ साल असोज १० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर २६ तारिख। असोज कृष्ण पक्षको नवमी तिथि। नवमी श्राद्ध। अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – आज दिन शुभ रहला। महत्वपूर्ण कार्यसम्पादन होलान्। पारिवारिक सद्भाव बढ्ला।

बृष राशि – आर्थिक मामिलामा सुधार आउला। पारिवारिक तनाव भने सृजनाहोला।

मिथुन राशि – स्वास्थ्य एवं यात्रामा ध्यान राख्नु पर्ला। अन्य सामाजीक आर्थिक क्षेत्र राम्रै रहला।

कर्कट राशि – व्यक्तिगत प्रयासमा धेरै लाभ होला। परिवारमा खुसीको माहोल बन्ला।

सिंह राशि – घरायसी समस्यामा उल्झन् होला। करियर एवं आर्थिक पक्षमा भने सफलता मिल्ला।

कन्या राशि – स्वास्थ्यमा सुधार आउला। विद्यार्थीको लागि आज दिन उत्साहपूर्ण रहला।

तुला राशि – साहस र आत्मविश्वास बढ्ला। कार्य क्षेत्रमा जिम्मेवारी थपिएला। पारिवारिक सुख मिल्ला।

बृश्चिक राशि – आज मध्ययम फलदायी दिन रहला। सामाजीक आकर्षण भने बढ्ला।

धनु राशि – यात्रा एवं स्वास्थ्यमा ध्यान राख्नु पर्ला। अन्य क्षेत्रमा सफलता मिल्ला।

मकर राशि – सामाजीक कार्यमा मन लाग्ला। आत्मविश्वास बढ्ला। व्यवसायिक सफलता मिल्ला।

कुम्भ राशि – साथीभाई संगको सम्बन्धमा सुधार होला। आत्मविश्वासले गरिएका कार्य सजिलै सफल होलान्।

मिन राशि – सवारी साधन वा स्वास्थ्यमा ख्याल राख्नु पर्ला। यात्रामा ध्यान दिनु पर्ला। अध्ययन भने राम्रो रहला।

वास्तु टिप्स – दक्षिण मुखी व्यवसायमा कुन कुरा कता राख्ने?

  • विक्रेता पूर्व वा उत्तर फर्केर बस्ने।
  • डस्टविन पश्चिम उत्तरमा राख्ने।
  • साहुजीको बस्नेठाउँ माथी विम हुनु ठीक हैन।
  • चाँडो बेच्ने सामान उत्तर पश्चिममा राख्ने।
  • दुई सटरमा एक खोल्न पर्ने भए पूर्व दक्षिणको खोल्ने।
  • बिजुली संग सम्बन्धित उपकरण पूर्र दक्षिणमा राख्ने।

ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस