आज २०८१ साल असोज ८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर २४ तारिख। सप्तमी श्राद्ध। आश्मिन कृष्ण पक्षको सप्तमी तिथि। महालक्ष्मी व्रत समाप्ति। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – धर्मकर्ममा मन जाला। नयाँ कार्यमा सहभागि भैएला। हिम्मत वढेर आउला।
बृष राशि – मनमा उमङ्ग छाउला। दैनिक कार्यमा प्रगति होला। स्वास्थ्य भने विग्रेला।
मिथुन राशि – समय मध्यम फलदायि रहला। स्वास्थ्यमा सजगता अपनाउनु पर्ला। सामाजीक कार्यमा मन जाला।
कर्कट राशि – हिम्मत साहसले आफ्नो क्षेत्रमा नेतृत्व गर्न सकिनेछ। शत्रु पराजित् होलान्। स्वास्थ्य भने ख्याल राख्नु पर्ला।
सिंह राशि – वोलिको प्रभाव वढ्ला। मिष्ठान्न भोजन प्राप्त होला।
कन्या राशि – दिन प्रेमिल रहला। यात्रामा सरिक भैएला। मित्र मिलनले मनमा हर्ष छाउला।
तुला राशि – मन अशान्त रहला। आत्मबल घट्ला। मनमा नयाँ योजना बन्नेछन्।
बृश्चिक राशि – जोशजागर बढ्ला। रोकिएका कार्य पुन: सुचारु होलान्। स्वास्थ्य भने ख्याल राख्नु होला।
धनु राशि – बुद्धिको राम्रो प्रयोग होला। दोहोरो लाभ लिन सकिनेछ। स्वास्थ्यमा भने विचार पुराउनु होला।
मकर राशि – अध्ययन र अध्यापन क्षेत्रमा रुचि वढ्ला। सन्तान संगको सम्बन्धमा सुधार आउला।
कुम्भ राशि – आत्म विश्वास उच्च रहला। धार्मिक यात्राको योजना बन्नेछ। व्यक्तिगत आकर्षण वढ्ला।
मिन राशि – स्वास्थ्यमा खरावि आउला। विवादबाट वच्नुनै उपयुक्त रहला। खर्च वढ्ला।
आजको लागि टिप्स
घरमा नकारात्मक उर्जा वढेको छ ?
– गाईको गोवरको दियो वनाउने , त्यसमा तेल राखेर सोमवार राति घरको मध्य भागमा दियो बालिदिनु सबै नकारात्मकता हटेर जानेछ ।
– कमिलाको प्वाल नजिकै आटामा चिनी मिलाएर राखिदिदा हरेक बाधाहरु हटेर जान्छन् । ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।सचिव नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश । फोनं – ९८४८०६०७९९
Enter