२०८१ फाल्गुन ७ गते बुधवार

आज असोज ७ गते सोमबारको राशिफल

आज २०८१ साल असोज ७ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर २३ तारिख। षष्ठी श्राद्ध। आश्मिन कृष्ण पक्षको षष्ठी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – आकस्मिक धन प्राप्त होला। साथीभाईको पूर्ण सहयोग होला। तपाईंको कामको प्रशंसा हुनेछ।

बृष राशि – स्वादिष्ट भोजन प्राप्त होला। बोलिको प्रभाव बढ्ला। कार्यमा सफलता होला। मन प्रसन्न रहला।

मिथुन राशि – अधुरा कार्यहरू पूर्ण हुनेछन्। पारिवारिक साथले हरेक कार्यमा सहजता छाउला। मनमा उमङ्ग छाउला।

कर्कट राशि – समय मध्यम रहला। बोल्दा ख्याल राख्नु होला, गलत अर्थ लाउनाले मन दुखी होला। सम्बन्धमा धमिलोपन छाउला।

सिंह राशि – नयाँ कार्यको थालनी गर्न उपयुक्त समय छ। बुद्धिको प्रयोगले अनेकन समस्या समाधान होला। दिन शुभ रहला।

कन्या राशि – आफ्नो क्षमताप्रति आफै गद्गद् भइने छ। कला तथा साहित्यमा रुचि वढ्ला। पारिवारिक स्नेह, साथ वढ्ला।

तुला राशि – व्यवसाय फस्टाउने दिन रहेको छ। तीर्थादि यात्रा होला। एउटै कार्यबाट दोहोरो लाभ प्राप्त होला।

बृश्चिक राशि – कसैको दबाबले कार्यमा बाधा होला। पारिवारिक समस्या होला। तनाव सृजना हुन सक्छ, मानसिक शान्तिमा ख्याल राख्नु होला।

धनु राशि – कार्यहरू सहजै सम्पादन होलान्। अग्रजको प्रशंसा पाइएला। धनागमनका स्रोतहरू वढ्लान्।

मकर राशि – सामाजिक, धार्मिक कार्यमा मन जाला। आज गरिएको लगानिले दीर्घकालिन फाइदा होला।

कुम्भ राशि – दिन मध्यम फलदायी रहला। अतिथिको स्वागत सत्कार गर्न पाइएला। साथीभाईको सहयोग पाइएला। खर्च भने बढ्ला।

मिन राशि – कुनै नयाँ वस्त्र वा आभूषण प्राप्त होला। दैनिक कार्य सोचेअनुसार सफलता मिल्ला। दीर्घकालिन लगानी वा शेयर मार्केटमा भने उपयुक्त समय छैन, विचार गर्नु होला।

वास्तु टिप्स – खर्च बढिरहन्छ वा अनावश्यक खर्च हुन्छ? कसरी बच्ने? कतै तपाईंले पर्समा बिल, औषधिको कागज त राख्नु हुँदैन नि? यदि राख्नुहुन्छ भने तपाईंलाई ऋण लाग्न शुरु हुन्छ। पर्समा कहिल्यै पनि बिल वा अन्य कागज नराख्नु।

  • औषधि पनि नराख्ने।
  • सिरानमा पैसा नराख्ने।
  • सिक्का र नोट सँगै एकसाथ नराख्ने।
  • ब्यागलाई समय समयमा सफा गरिरहनुहोस्।
  • पर्समा रातो रंगको कागज वा कपडा सधैं राख्ने।
  • घरमा प्रत्येक दिन गृह्य लक्ष्मीले गंगाजलले अभिषेक गर्ने।
  • पर्समा पंच वा सप्तमुखी रुद्राक्ष पनि राख्न सकिन्छ।

ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस