आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर २० तारिख। तृतीया श्राद्ध। आश्मिन कृष्ण पक्षको तृतीया तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – आज बोल्दा ख्याल गर्नु होला। शत्रु विजय हुनेछन्। यात्रामा कष्ट रहला। आफन्तको सहयोग पाइने छैन। खर्च अनावश्यक होला।
वृष राशि – समयको सदुपयोग हुनेछ। निर्णयात्मक क्षमता बढ्नेछ। वैदेशिक कार्य सफल हुनेछन्।
मिथुन राशि – साथीभाइको सहयोगले कार्य सम्पादनमा सहजता होला। तपाईंको लगनशीलताको प्रशंसा हुनेछ।
कर्कट राशि – मिष्टान्न भोजन प्राप्त होला। सुखद यात्रा होला। अरूको मन जित्न सक्ने समय छ।
सिंह राशि – चोटपटक लाग्न सक्छ, सचेत रहनु होला। वाहनबाट यात्रा गर्दा विशेष ख्याल गर्नु होला। आफूले गरेको निर्णय आफैलाई भारी पर्ला।
कन्या राशि – आशा मारिएका कार्यमा सफलता पाइएला। मन प्रसन्न रहला। दाम्पत्य सुख प्राप्त होला। तपाईंको प्रशंसा हुनेछ।
तुला राशि – सामाजिक कार्यमा मन जाला। शैक्षिक क्षेत्र सफल होला। रोकिएका कार्य पुनः सुचारु होलान्।
वृश्चिक राशि – नयाँ-नयाँ ज्ञान हासिल गर्न सकिने दिन रहेको छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला। आफ्नो प्रभुत्व जमाउन सकिने छ।
धनु राशि – झमेलामा परिएला। परिवारमा समस्या आउला। सामान्य कार्यमा विवादित बन्नु पर्ला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।
मकर राशि – आर्थिक पक्ष बलियो होला। रोकिएको धन आगमन होला। प्रतिस्पर्धामा सफल भइएला।
कुम्भ राशि – नयाँ-नयाँ व्यक्तिसँगको भेटघाटले महत्वपूर्ण कार्य पूर्ण हुनेछ। अवसरहरू प्रशस्त प्राप्त होलान्। यात्रामा आनन्द लिने दिन रहेको छ।
मीन राशि – राजनीतिक तथा वैदेशिक कार्यमा सफलता मिल्ला। विपरीत लिङ्गको सहयोगले कार्यमा सहजता होला। यात्रामा तथा स्वास्थ्यमा भने ख्याल राख्नु होला।
आजको वास्तु टिप्स:
पितृ खुसी बनाउन के गर्ने?
- काग, कुकुर, गाई, कमिलालाई दैनिक भोजन खुवाउने।
- घरको सरसफाइमा ध्यान दिने।
- घरका अग्रजको सम्मान गर्ने।
- अत्यन्त दुखीलाई भोजन खुवाउने।
- भगवान् र पितृका फोटा सँग नराख्ने।
- प्रत्येक औँसीमा दक्षिण दिशा फर्केर तर्पण दिने, पितृहरूलाई सम्झेर दियो बाल्ने।
ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, दाङ
फोन: 9848060799


