तुलसीपुर, १ असोज । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटिको कार्यालय तुलसीपुरमा विश्वकर्मा बाबाको पुजाआजा गरीएको छ । कार्यालय परिसरमा रहेको विश्वकर्मा बाबाको मन्दिरमा पुजाआजा गरीएको संगठनले जानकारी दिएको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि विश्वकर्मा बाबाको पुजाआजा गरिएको छ ।संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीको विशेष उपस्थिती तथा जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकी,प्रदेश उपाध्यक्ष केशव बहादुर भण्डारी, जिल्ला उपाध्यक्ष केशव राम्जा, अन्य पदाधिकारी र यातायात मजदुरहरुको सहभागितामा पुजाआजा गरिएको सचिव खिम बहादुर डाँगीले जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन घोराही नगर ईकाई कमिटिका पुर्व अध्यक्ष तोरण पोख्रेलले विश्वकर्मा बाबाको मन्दिरमा घण्टी सहयोग गर्नुभएको छ । उहाले विश्वकर्मा बाबाको पुजाको दिन अवसर पारी एक÷एक थान घण्टी र पाला सहयोग गर्नु भएको हो । घोराही १४ निवासी पोख्रेलले यस अघि मन्दिरमा विश्वकर्मा बाबाको मुर्ति सहयोग गर्नुभएको थियो । साथै घण्टी सहयोग गर्ने पोख्रेल परिवारलाई संगठनले धन्यवाद ज्ञापन गरेको छ ।