आज २०८१ साल भदौ ३० गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर १५ तारिख। भाद्र शुल्क पक्षको द्वादशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – आत्मविश्वास वढ्नेछ। उच्च अधिकारी संग सम्बन्ध राम्रो हुनेछ। शिक्षा क्षेत्र शुभ रहला। अधुरा कार्य सुचारु होलान्। कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त होला।
वृष राशि – अध्ययन र ज्ञान प्राप्तमा सफलता मिल्ला। योजनात्मक कार्यले सफलता पाउला। सामाजिक कार्यमा मान प्राप्त होला। व्यक्तिगत जीवनमा गोपनीयता राख्न आवश्यक छ।
मिथुन राशि – अनावश्यक विवादमा परिएला। स्वास्थ्य समस्या वढेर आउला। साझेदारीमा काम गर्नु उपयुक्त नहोला।
कर्क राशि – आज सन्तान र प्रेम सम्बन्धमा ख्याल राख्नु होला। सामाजिक सक्रियता वढ्ला। साहित्य र मनोरन्जनमा मन जाला। विभिन्न अवसरहरू प्राप्त होला।
सिंह राशि – आत्मविश्वास वढ्नेछ। धर्मकर्ममा मन जाला। अधुरा कार्य पुनः सुचारु होलान्। रचनात्मक कार्यमा सहभागि भइएला।
कन्या राशि – स्वास्थ्यमा ख्याल राख्नु होला। अनावश्यक विवादबाट बच्नु होला। व्यवसायमा भने सोचे अनुरूप सफलता मिल्ने छैन। राजनैतिक सफलता भने प्राप्त होला।
तुला राशि – सृजनात्मक कार्यमा रुचि वढ्ला। अध्ययनमा राम्रो प्रगति होला। पारिवारिक सन्तुलन कायम हुनेछ।
वृश्चिक राशि – स्वास्थ्यमा ध्यान दिनु पर्ला। साझेदारीमा असहमति उत्पन्न होला। विवादबाट बच्नु होला।
धनु राशि – विद्या र ज्ञानले परिपूर्ण भइएला। अरूलाई प्रभावित् पार्न सकिएला। न्यायिक कार्यमा सफलता होला। पारिवारिक सन्तुलन कायम होला। आर्थिक क्षति भने सहनु पर्नेछ।
मकर राशि – धैर्यता एवं लगनशीलताले कार्य सहजै सम्पादन होलान्। दिन प्रेमिल होला। शिक्षा क्षेत्र शुभ रहेको छ। आत्मविश्वास वढ्ला।
कुम्भ राशि – स्वास्थ्यमा ख्याल राख्नु होला। अनावश्यक विवादबाट बच्नु होला। गोपनीयता राख्नु होला। मन खिन्न होला। उत्साह घट्नेछ। सामाजिक कार्यमा हात नहाल्दा नै शुभ होला। गरेको कार्यमा लाभ मिल्ने छैन।
मीन राशि – स्वादिष्ट भोजन प्राप्त होला। बाणिको प्रशंसा वढ्ला। नयाँ अवसर प्राप्त होला। साथीभाइको सहयोगले मन खुशी होला। अध्ययनमा राम्रो प्रगति होला।
आजको लागि वास्तु टिप्स:
प्रवेश द्वारमा तोरण, स्वस्तिक लगाउनुहोस् जसले घर भित्र नकारात्मक ऊर्जा प्रवेश गर्नबाट रोक्छ। प्रवेश (ढोका) द्वारको बाहिर गणेशको चित्र नलगाउनुहोस्। यदि लगाउनु छ भने भित्र लगाउनुहोस् जसले परिवारमा एकता एवं परिवारको संरक्षणमा महत्वपूर्ण कार्य गर्दछ। घरको पूर्व दिशामा मयुरको प्वाँख, सूर्यको उदाउँदो चित्र वा ब्रास, तामाको चित्र लगाउँदा पनि अत्यन्त शुभ हुन्छ।
ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, दाङ
फोन: 9848060799