२०८३ भाद्र १६ गते मङ्गलवार

आज भदौ २९ गते शनिबारको राशिफल

आज २०८१ साल भदौ २९ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर १४ तारिख। भाद्र शुल्क पक्षको एकादशी तिथि। हरिपरिवर्तिनी एकादशी व्रत। राष्ट्रिय बाल दिवस, प्राथमिक उपचार दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि: आज राष्ट्रिय भक्तिले मन भावविभोर हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। अधुरा कार्यहरू सुचारु हुनेछन्, र पुराना समस्याहरू समाधान हुनेछ।

वृष राशि: योजनाबद्ध कार्यले सफलता मिल्नेछ। सामाजिक कार्यमा मान–सम्मान पाउनुहुनेछ। तर, आज संघर्ष बढी हुनेछ र प्रतिफल कम हुनेछ।

मिथुन राशि: सरसामान हराउने वा चोरी हुने सम्भावना छ। स्वास्थ्यमा समस्या बढ्न सक्छ, र साझेदारीमा काम नगर्नु नै उपयुक्त हुनेछ।

कर्क राशि: आजको दिन शुभ रहनेछ। भाग्य वृद्धि हुनेछ। साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ, र विभिन्न अवसरहरू प्राप्त हुनेछ।

सिंह राशि: धर्मकर्ममा मन जानेछ। अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्, र रचनात्मक कार्यमा सहभागी भइनेछ।

कन्या राशि: निर्णय गर्ने क्षमता बढ्नेछ। व्यवसायमा सोचे अनुसारको सफलता नआउला, तर राजनीतिक क्षेत्रमा भने सफलता मिल्नेछ।

तुला राशि: अनावश्यक खर्च हुनेछ। आफ्नै सहकर्मीको आलोचना सहनु पर्नेछ। कार्यमा बाधा आउन सक्छ, तर लगनशील भएमा सफल भइनेछ।

वृश्चिक राशि: आध्यात्मिक ऊर्जाले मन खुसी रहनेछ। यात्रा शुभ हुनेछ, तर स्वास्थ्यमा ख्याल राख्नुपर्ने समय छ।

धनु राशि: विद्या र ज्ञानमा वृद्धि हुनेछ, र अरूलाई प्रभावित पार्न सकिनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ, तर आर्थिक क्षति सहनु पर्नेछ।

मकर राशि: धैर्यता र लगनशीलताले कार्यहरू सहजै सम्पन्न हुनेछन्। दिन प्रेमिल रहनेछ, र शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ राशि: मन खिन्न हुनेछ, र उत्साह घट्नेछ। सामाजिक कार्यमा संलग्न नहुनु नै राम्रो हुनेछ, किनभने लाभ मिल्ने सम्भावना कम छ।

मीन राशि: स्वादिष्ट भोजनको आनन्द लिने अवसर प्राप्त हुनेछ। वाहवाही बढ्नेछ, र नयाँ अवसरहरू आउनेछन्। साथीभाइको सहयोगले मन खुसी हुनेछ।

आजका लागि वास्तु टिप्स:

  • घरको उत्तर-पूर्व दिशामा फोहोर राख्ने ठाउँ कहिल्यै बनाउनु हुँदैन।
  • फुटेका भाँडाकुँडा, शीशा, र बिग्रिएको घडी घरमा राख्नाले दुर्भाग्य बढाउँछ, त्यसैले यस्ता वस्तुहरू राख्नु हुँदैन।
  • घरको अगाडि काँडा भएका वृक्ष वा ठूलो छोप आउने वृक्ष रोप्नु पनि अशुभ हुन्छ।
  • वृक्षको छायाँ घरमा पर्नु अशुभ मानिन्छ, यसले परिवारको सामाजिक प्रतिष्ठामा असर पार्न सक्छ।

ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, दाङ
फोन: 9848060799

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस