आज २०८१ साल भदौ २८ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर १३ तारिख। भाद्र शुल्क पक्षको दशमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापीन्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – प्रेम सम्बन्धमा मधुरता छाउनेछ। विद्यार्थीका लागि आजको दिन मध्यम रहला। राजनीतिक र सामाजिक कार्यमा मन जाला। स्वास्थ्यमा ख्याल राख्दा उचित होला।
वृष राशि – वाणीले काम बिग्रन सक्छ। खटपट बढ्ने समय छ। महत्वाकांक्षी हुँदा कार्यमा बाधा आउला। मनमौजी गर्ने बानीले दुःख पाइनेछ।
मिथुन राशि – आर्थिक रूपमा केही सशक्त भइनेछ। अरूलाई प्रभावित पार्न सकिने समय रहेको छ। कार्य सम्पादनमा कसैको सहयोग आवश्यक पर्ला।
कर्कट राशि – गलत संगतमा परेर गलत कार्यमा सरिक भइनेछ। कार्य सम्पादनमा बाधा आउला। सचेत भएर काम गर्दा शुभ हुनेछ। मन बेचैन होला।
सिंह राशि – तपाईंको क्षमताको प्रशंसा हुनेछ। कार्य सम्पादनमा सहजता आउला। इष्टमित्रको सहयोग पाइनेछ। शिक्षा र स्वास्थ्यमा सहजता रहला।
कन्या राशि – आज समय मध्यम रहेको छ। स्वास्थ्य बिग्रन सक्छ। अनावश्यक खर्च बढ्न सक्छ। तपाईंको काम विगार्न चाहनेहरू सक्रिय हुनेछन्।
तुला राशि – अधुरा कामहरू पुनः सुचारु हुनेछन्। विद्यार्थीको भने पढाइमा मन नजाने सम्भावना छ। शिक्षाको क्षेत्र पनि मध्यम नै रहला। कुनै कुराले मनमा हर्ष र उत्साह छाउनेछ।
वृश्चिक राशि – इष्टमित्रको सहयोग पाइनेछ। मनमा हर्ष बढ्नेछ। सोचेअनुसार कार्य सम्पादन हुनेछ। नयाँ योजनाहरू बन्ने समय छ। आज तपाईंको कामको प्रशंसा बढ्नेछ।
धनु राशि – आज तपाईं आफ्नै बुद्धिको प्रयोगले जटिल समस्या समाधान गर्न सक्नुहुनेछ। वैदेशिक यात्रा फलदायी रहला। सामाजिक तथा धार्मिक काममा रुचि बढ्ला।
मकर राशि – शिक्षा क्षेत्र कमजोर रहला। परीक्षा वा नतिजा सोचेअनुरूप नहुन सक्छ। अनावश्यक खर्च बढेर आउला। प्रेममा धोका पाइने सम्भावना छ। मन दुःखी रहला। आज योग-ध्यानलाई जोड दिनु शुभ हुनेछ।
कुम्भ राशि – आफ्नै निर्णयले गरिएका काममा सफलता मिल्नेछ। लामो समयदेखि रोकिएका काममा सहजता प्राप्त हुनेछ। सामाजिक कार्यमा मन जाला। व्यवसायमा सफल भइनेछ।
मीन राशि – वाणीको प्रभावले काममा सहजता आउला। स्वादिष्ट भोजन प्राप्त होला। व्यवसायमा सोचेअनुरूप सफलता मिल्ला। पराक्रम बढ्ला। दिन प्रेमिल रहला।
आजको लागि वास्तु टिप्स:
कहिल्यै सुत्ने बेड, तकिया वा सिरानी मुनि धार्मिक पुस्तक राखेर सुत्नु हुँदैन, यसले पारिवारिक कलह बढाउँछ। कतिपयको बानी हुन्छ कि धार्मिक पुस्तक राखे डर लाग्दैन, निद्रा लाग्छ आदि, तर यसो गर्नु वास्तु अनुसार नराम्रो मानिन्छ, जसको परिणाम नकारात्मक हुन्छ।
घरको सरसफाइ सकेपछि ढोकाको कुनामा कुचो नराख्नुहोस्, यसमा पनि वास्तु दोष लाग्छ, जसका कारण घरमा दरिद्रता बढ्छ।
ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, दाङ
फोन: 9848060799