२०८३ भाद्र १६ गते मङ्गलवार

पश्चिम क्षेत्रका केही ठाउँमा ठूलो वर्षा, सावधानी अपनाउन आग्रह

दाङ, २७ भदौ । दाङसहित पश्चिम क्षेत्रमा गएरातीदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष मौसमी बुलेटिन निकालेर देशका धेरै ठाउँमा तीन दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको छ । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउनसमेत आग्रह गरेको छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले भारतको मध्यप्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली थप विकसित भई उत्तर-पश्चिमतिर अर्थात् (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिनुभयो ।

यसैको प्रभावले शनिवार बिहानसम्म विशेषगरी नेपालको पश्चिम क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ । महाशाखाले पानी पर्दा हुनसक्ने बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा बढ्न सक्ने पानीको सतहलाई ख्याल गरी सावधानी अपनाउन भनेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस