२०८१ मङ्सिर २३ गते आइतवार

आज भदौ २७ गते बिहीबारको राशिफल

आज २०८१ साल भदौ २७ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १२ तारिख। भाद्र शुल्क पक्षको नवमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापीन्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि: सामाजिक तथा पुण्य कार्यमा सरिक हुनु होला। आजका प्रयास सजिलै सफल हुनेछन्। व्यवसायमा नयाँ योजना बन्नेछन्। दिन मध्यम फलदायी रहनेछ।

वृष राशि: स्वास्थ्य समस्या बढ्न सक्छ। राजनीतिक तथा सामाजिक कार्यमा सफलता नहुन सक्छ। अग्रजको आशीर्वादले कार्य सम्पादन सहज हुनेछ।

मिथुन राशि: मनलाई सद्गुणी बनाउनाले फाइदा हुनेछ। दिन प्रेमिल रहनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट राशि: खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ। मन अस्थिर र बेचैन रहला। आफ्नै बाटोबाट धोका पाउन सकिन्छ, ख्याल गर्नुहोला।

सिंह राशि: विद्यार्थीका लागि दिन राम्रो रहनेछ। अध्ययनमा मन जानेछ। मित्र सहयोग प्राप्त हुनेछ।

कन्या राशि: अधुरा कार्यहरू केही मात्रामा पूरा हुनेछन्। प्रेम सम्बन्ध मिठासपूर्ण हुनेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ।

तुला राशि: कारोबारमा विशेष ख्याल गर्नुहोला। एकअर्कामा मनमुटाव हुन सक्छ। संयम रहँदा राम्रो हुनेछ।

वृश्चिक राशि: दिन मध्यम फलदायी छ। अघिल्ला कार्यले मनमा हर्ष उत्पन्न हुनेछ। दाम्पत्य सुख बढ्नेछ। हतारमा कुनै पनि कार्य नगर्नुहोला।

धनु राशि: अधुरा र अडिएका कार्यहरू विस्तारै अघि बढ्नेछन्। मांगलिक कार्य परिवारमा सम्पन्न हुनेछ। मन प्रसन्न रहनेछ।

मकर राशि: राजनीतिक तथा सामाजिक कार्यमा मन जानेछ। तपाईंको कार्यको प्रशंसा बढ्नेछ। बेलुकीतिर अलिक समस्या आउन सक्छ।

कुम्भ राशि: तपाईंको कार्यको प्रशंसा हुनेछ। सम्मान प्राप्त हुनेछ। अध्ययन-अध्यापन क्षेत्र शुभ छ। मित्रवत् सम्बन्ध प्रगाढ हुनेछ।

मीन राशि: स्वास्थ्यमा समस्या आउन सक्छ, ख्याल गर्नुहोला। चोटपटकको सम्भावना छ। महिला मित्रको सहयोगले कार्यमा सहजता आउनेछ।

आजका लागि वास्तु टिप्स:
पूर्व वा दक्षिण दिशामा शिर गरेर सुत्दा बुद्धि तिक्ष्ण हुन्छ र स्वास्थ्य राम्रो हुन्छ।
उत्तर शिरानी लगाएर सुत्दा धन र ऐश्वर्य गुम्छ।
पश्चिम शिरानी लगाएर सुत्दा चिन्ता वा डिप्रेसनको शिकार हुनुपर्छ।
भोजन गर्दा पूर्व वा उत्तर मुख गरेर खानु राम्रो हुन्छ, यसले स्वास्थ्यलाई सुधार गर्न मद्दत गर्दछ।

ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, दाङ
फोन: 9848060799

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस