दाङ, २४ भदौ । सरकारी कार्यालयमा खाजा खाने समय ६० मिनेटबाट घटाएर ३० मिनेट कायम गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा वलीका अनुसार, नागरिकस्तरबाट खाजा समय लामो हुँदा सेवाग्राहीलाई परेको असुविधाबारे गुनासो आएपछि यो कदम चालिएको हो । अब प्रत्येक दिन १ः३० देखि २ बजेसम्म मात्र खाजा समय हुनेछ ।
‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर पर्ने गुनासो सुनिँदै आएको छ ।’ प्रधानमन्त्रीले सामाजिक फेसबुकमा लेख्नुभएको छ-‘खाजा पनि खानु पर्छ, तर कार्यालयको काम रोकिनु हुँदैन ।’
ओलीले खाजा समयको पालना नभएको पाइएमा “हेलो सरकार“ मा गुनासो गर्न आग्रह गर्नुभएको छ ।
तस्बिर : एआईबाट सम्पादित
प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार