२०८३ भाद्र १६ गते मङ्गलवार

रोजगारीका लागि मलेसिया पुगेका दाङका रुपलालको घर फर्कने बेलामा एयरपोर्टमै बसेकै अवस्थामा मृत्यु


दाङ, २३ भदौ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका दाङका एक व्यक्तिको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका-११ बेलगनारका ४३ वर्षीय रुपलाल चौधरीको मलेसियामा निधन भएको हो ।

रुपलाल चार वर्षदेखि मलेसियामा बस्दै आउनुभएको थियो । उहाँ चाडपर्व मनाउन र अब बिदेश नजाने सोच बनाएर घर फर्किन लागेको भाईलाई जानकारी गराउनुभएको थियो । आज आइतबार घर फर्कने क्रममा कुवालालम्पुर एयरपोर्टमा उहाँको निधन भएको मलेसियामा रहेका मृतकका भाई लोकमणी चौधरीले जानकारी दिनुभयो ।

मृतकका नातेदार घनश्याम चौधरीका अनुसार रुपलाल एयरपोर्टमा बसिरहेको बेला अचानक लड्नु भएको थियो । उहाँ नेपाल फर्कनका लागि बोर्डिङ पास लिएर फ्लाइटको प्रतीक्षामा रहनुभएको थियो, तर घर पुग्न नपाउँदै उहाँको असामयिक निधन भएको छ ।

रुपलालको मृत्यु हृदयघातबाट भएको हुनसक्ने पारिवारिक स्रोतले बताएको छ । उहाँको निधनले परिवार शोकमग्न भएको छ । उहाँका दुई छोरा, आमा, र श्रीमती घरमा बसिरहेका छन् । परिवार अहिले चौधरीको शव नेपाल कसरी ल्याउने भन्ने चिन्तामा छ ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस